प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको भेटवार्ता
सोमबार, ०२ माघ २०७९, १० : २०

काठमाडौँ । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । भेटमा चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रधानमन्त्री प्रचण्डलाई बधाई, नयाँ वर्षको शुभकामना सन्देश हस्तान्तरण गरेका छन् । साथै उनले नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा सधैँ साथमा रहने बताएका छन् ।
त्यस क्रममा प्रधानमन्त्रीले चिनियाँ सहयोग, सद्भाव र भातृत्वको लागि धन्यवाद भन्दै आफ्नो तर्फबाट राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो
-
होण्डाको फ्रि–सर्भिस क्याम्प र टेस्ट ड्राइभ सम्पन्न
-
आफू नेतृत्वको सरकारले इतिहासमा नमेटिने रेकर्ड राखेको छ : प्रचण्ड
-
एरोन फिन्च भन्छन्, ‘आन्द्रे रसेलको क्षमता बुझ्न नसक्दा कोलकाता उपाधि होडबाट बाहिरियो’
-
केरुङबाट काठमाडौँ ल्याउँदै गरेको अवस्थामा सुन बरामद
-
प्रधानमन्त्री र ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकबिच भेटवार्ता