बालकोटमा प्रचण्ड र ओलीबीच ‘लञ्च मिटिङ’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न भक्तपुरस्थित ओली निवास बालकोट पुगेका छन् । मन्त्रिपरिषद्को पूर्णता, सभामुख चयन लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।
‘केही बेरअघि प्रधानमन्त्री बालकोटा आउनुभएको छ । उहाँहरुबीच वान टु वान कुराकानी भइरहेको छ’, अध्यक्ष ओलीको सचिवालयका एक सदस्यले भने ‘प्रधानमन्त्रीले आज बालकोटमै लञ्च गर्ने कार्यक्रम छ ।’ मन्त्रालय भागबण्डा मिलाएर सरकारलाई पूर्णता दिने तयारीमा दुवै नेताले गृहकार्य गरिरहेका छन् ।
दुई नेताबीच भागबन्डामा सहमति जुटे आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी छ । यो बाहेक सत्ता साझेदार दलहरुबीच सभामुख, उपसभामुख र राष्ट्रपति उपराष्ट्रपतिलगायतका विषयमा समेत चासो बढ्दै गएको छ । नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि नेकपा एमाले झस्किन पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण