नेपालमा विवाह गरेकी बहिनी बनेकी थिइन् आमा, बिहारका दाइ भेट्न आउँदै गर्दा विमान दुर्घटनामा परे
पाेखरा विमान दुर्घटनामा जुन पाँच भारतीयको मृत्यु भएको छ, तीमध्ये एक व्यक्ति बिहारको सीतामढी जिल्लाको बैरगनियामा बस्ने सञ्जय जायसवाल पनि हुन् । उनी आफ्नी बहिनीको घरमा छोरी जन्मिएपछि काठमाडौँबाट पोखरा जाँदै थिए । त्यति नै बेला उनी चढेको यती एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भयो ।
भारतीय सञ्चार माध्यम आजतकका अनुसार सीतामढको बैरगनियास्थित अशोगी गाउँका वडा नम्बर–६ का बासिन्दा सञ्जय जायसवालकी बहिनी पोखरामा बस्छिन् । उनले केही दिन अघि मात्रै छोरी जन्माएकी थिइन् । छोरीको जन्मपछि उनको घर र माइती दुबैमा खुसीको माहौल थियो । यसै खुसीमा सामेल हुन माइती पक्षले छोरा सञ्जयलाई बहिनीको घरमा पठाए । सञ्जय सुरुमा बिहारबाट काठमाडौँ र त्यहाँबाट पोखरा जाँदै थिए । पोखरा पुग्न नपाइ उनको मृत्यु भयो ।
भारतीय सञ्चार माध्यमका अनुसार खबर सुनेलगत्तै उनको परिवारमा कोलाहल मच्चिएको छ । उनका बुवाले छोरीले शल्यक्रियामार्फत् छोरी जन्माएका कारण छोरालाई हेर्न पठाएको जानकारी दिए ।
विमान दुर्घटनामा मृत्यु भएका पाँच भारतीयमध्ये अन्य चारजना पशुपतिनाथको दर्शन गर्न आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण