अवैध ढंगले ल्याइएका साढे १३ लाखका खसीबोका नियन्त्रणमा
बुटवल । इलाका प्रहरी कार्यालय बर्दघाटले ९० वटा अवैध खसीबोका नियन्त्रणमा लिएको छ । प्रहरी सहायक निरीक्षक लक्ष्मण रास्कोटीको कमान्डमा खटिएको प्रहरी टोलीले अवैध खसीबोका नियन्त्रणमा लिएको हो ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको रा १ ख २९१६ नम्बरको ट्रक रोकी चेकजाँच गर्दा बिनाकागजपत्र ल्याउँदै गरेको अवस्थामा जिल्ला नवलपरासी बर्दघाट नगरपालिका–६ टिसिएन चोकमा चेकजाँच गर्दा खसीबोकासम्बन्धी कुनै पनि कागजपत्र नभएकोले आवश्यक कारबाहीका लागि भन्सार कार्यालय महेशपुर पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
प्रहरीका अनुसार पशुपंक्षी ओसारपसार गर्दा कुन जिल्ला लैजाने खोल्नुपर्ने र पशु स्वस्थ छ, छैन भन्ने बारे क्वारेन्टाइनमा चेकजाँच गर्नुपर्ने काम नभएकाले खसीबोका नियन्त्रणमा लिएको हो । एउटा बोकाको मूल्य १५ हजारको दरले १३ लाख ५० हजार बराबरको खसीबोका नियन्त्रणमा लिइ भन्सारमा पठाइएको हो । -न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण