राजनीति
लुम्बिनी प्रदेश : सभामुखमा माओवादीका मगर निर्विरोध निर्वाचित, उपसभामुखको निर्वाचन हुने
सोमबार, ०२ माघ २०७९, १९ : ०८
बुटवल । लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती मगरको एकल उम्मेदवारी परेको छ । उपसभामुख पदमा भने तीन जनाको उम्मेदवारी परेको छ ।
उपसभामुख राप्रपाकी मेनुका खाँण केसी, नेपाली कांग्रेसका विश्व प्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीको तर्फबाट निर्मला देवी थारु चौधरीले उम्मेदवारी दर्ता गराएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
लुम्बिनी प्रदेश सभा सचिव दुर्लभ पुन मगरले सभामुखमा एकल उम्मेदवारी रहेको रातोपाटीलाई बताए ।
उनले उपसभामुखमा प्रक्रिया अनुसार नै अगाडि जाने बर्ताए । मंगलबार १ बजे बस्ने प्रदेशसभा बैठकमा सभामुख र उपसभामुखको निर्वाचन हुनेछ । सभामुखमा एकल उम्मेदवारी परेकाले उनीनिर्विरोधनिर्वाचित भएका छन् । अब उपसभामुखको मात्रै निर्वाचन हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण