शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

लुम्बिनी प्रदेश : सभामुखमा माओवादीका मगर निर्विरोध निर्वाचित, उपसभामुखको निर्वाचन हुने

सोमबार, ०२ माघ २०७९, १९ : ०८
सोमबार, ०२ माघ २०७९

 बुटवल । लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती मगरको एकल उम्मेदवारी परेको छ । उपसभामुख पदमा भने तीन जनाको उम्मेदवारी परेको छ । 

उपसभामुख राप्रपाकी मेनुका खाँण केसी, नेपाली कांग्रेसका विश्व प्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीको तर्फबाट निर्मला देवी थारु चौधरीले उम्मेदवारी दर्ता गराएको प्रदेश सभा सचिवालयले जनाएको छ । 

लुम्बिनी प्रदेश सभा सचिव  दुर्लभ पुन मगरले सभामुखमा एकल उम्मेदवारी रहेको  रातोपाटीलाई बताए । 

उनले उपसभामुखमा प्रक्रिया अनुसार नै अगाडि जाने बर्ताए । मंगलबार १ बजे बस्ने प्रदेशसभा बैठकमा सभामुख र उपसभामुखको निर्वाचन हुनेछ । सभामुखमा एकल उम्मेदवारी परेकाले उनीनिर्विरोधनिर्वाचित भएका छन् । अब उपसभामुखको मात्रै निर्वाचन हुने छ । 

l 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप