शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

को बन्ला कर्णालीको उपसभामुख ?

मङ्गलबार, ०३ माघ २०७९, ११ : ४६
मङ्गलबार, ०३ माघ २०७९

सुर्खेत । कर्णालीमा उपसभामुख चयनका लागि छलफल गरिँदैछ । तर नेकपा (माओवादी केन्द्र)को भागमा परेको उपसभामुख पदमा को उम्मेदवार बन्छन् भन्ने विषयमा अहिलेसम्म टुंगो लागेको छैन ।  नेकपा एमालेबाट नन्दा गुरुङ सभामुख बन्दा उपसभामुख पनि महिलालाई बनाइएको खण्डमा कालिकोटकी यशोदा न्यौपाने (पूर्णिमा) को सम्भावना बलियो रहेको छ । 

माओवादीले उपसभामुख, मन्त्री र समितिको विषयमा निर्णय गर्ने जिम्मा प्रदेश इञ्चार्ज कालीबहादुर मल्ल, प्रदेश अध्यक्ष विमला केसी र मुख्यमन्त्री एवं दल नेता राजकुमार शर्मालाई दिएको छ ।मल्लका अनुसार आज नै उपसभामुखको टुङ्गो लगाउने गरी छलफल चल्ने भएको छ । मुख्यमन्त्री शर्माले अबको केही समयपछि सर्वदलीय बैठक बोलाएका छन् । उक्त बैठकमा पनि उपसभामुखको निर्वाचन लगायतका विषयमा छलफल हुने छ भने दिउँसोको सदन पछि उपसभामुखको बारेमा छलफल गरिने छ । 

साथै उक्त बैठकमा उपसभामुखको निर्वाचनको विषयमा पनि छलफल हुने बताइरहेको छ । 

माओवादीबाट महिलालाई उपसभामुख बनाउनुपरेको खण्डमा न्यौपाने बलियो उम्मेदवार हुन् भने यदि पुरुषलाई पठाएको खण्डमा हुम्लाका रणसिंह परियारको सम्भावना रहको माओवादी स्रोतको भनाई छ । तर न्यौपाने र परियार दुबै जना मन्त्रीका आकाँक्षी हुन् । 

प्रदेश सभामा प्रत्यक्षतर्फ निर्वाचित एकमात्र दलित सांसद परियारले कलष्टर मिलाउनुपर्दा मन्त्री पाउने आशा राखेका थिए । तर मन्त्रीमा उनको सम्भावना न्यून रहेको छ । 

यस्तै न्यौपानेले पनि सभावेशीताको ख्याल गर्दै आफू क्याबिनेटमा जान चाहेको कुरा दलमा राखेकी छन् । तर शीर्षस्थ नेताहरूको निर्णयलाई नकार्न नमिल्ने तर्क उनको छ  ।

माओवादीले मन्त्रिपरिषद्मा एउटा महिला पठाउने गरी तयारी थालेको छ । महिलालाई मन्त्री बनाएको खण्डमा उर्मिला विश्वकर्माको सम्भावना बलियो रहेको छ । 

यशोदाले भनिन,‘ अहिलेसम्म उपसभामुखको बारेमा कुनै ‘सिग्नल’ आएको छैन, यदि दलले निर्णय गरेको खण्डमा जान्न भन्न पनि सकिँदैन । आज टुङ्गो लाग्ला नि..!’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप