कान्ति बाल अस्पतालमा आइसियु बेड थपेर गुणस्तरीय सेवा दिन मन्त्री गिरीको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बालबालिकाहरुको गुणस्तरीय उपचारमा कमी हुन नदिन कान्ति बाल अस्पताललाई निर्देशन दिएका छन् । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै अस्पतालको निरीक्षणका लागि पुगेका उनले यस्तो निर्देशन दिएका हुन् ।
उनले कोही पनि बालबालिका सुलभ र गुणस्तरीय उपचार नपाएर भौंतारिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए । उनले पछिल्लो समय कान्ति बाल अस्पतालमा आइसियु बेड नपाउने गरेको गुनासोहरु धेरै आएको भन्दै जनताको गुनासोलाई समाधान गर्नेगरी अस्पतालमा आइसियु बेडको संख्या बढाउन पनि निर्देशन दिए ।
उनले अस्पताललाई चुस्त सेवा दिने व्यवस्थाका लागि सरकारले गर्नुपर्ने सहयोग पूर्ण रूपमा सरकारबाट हुने पनि प्रतिबद्धता जनाए । उनले कान्ति बाल अस्पतालमा उपचारका लागि आएका बिरामीहरू बेड नपाएका कारण बाहिर जानुपर्ने अवस्थाको पूर्ण रूपमा अन्त्य हुनुपर्ने बताए ।
मन्त्रालयका कर्मचारीहरूले भने इक्वीपमेण्ट र ठाउँ प्रशस्त भएपनि आवश्यक जनशक्ति नभएको गुनासो गरेका थिए । मन्त्री गिरीले कोही पनि बालबालिकाहरु उपचार गर्न आउँदा उपचार नपाएर बाहिर जाने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण