बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कान्ति बाल अस्पतालमा आइसियु बेड थपेर गुणस्तरीय सेवा दिन मन्त्री गिरीको निर्देशन

मङ्गलबार, ०३ माघ २०७९, १९ : १९
मङ्गलबार, ०३ माघ २०७९

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बालबालिकाहरुको गुणस्तरीय उपचारमा कमी हुन नदिन कान्ति बाल अस्पताललाई निर्देशन दिएका छन् । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै अस्पतालको निरीक्षणका लागि पुगेका उनले यस्तो निर्देशन दिएका हुन् ।

उनले कोही पनि बालबालिका सुलभ र गुणस्तरीय उपचार नपाएर भौंतारिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए । उनले पछिल्लो समय कान्ति बाल अस्पतालमा आइसियु बेड नपाउने गरेको गुनासोहरु धेरै आएको भन्दै जनताको गुनासोलाई समाधान गर्नेगरी अस्पतालमा आइसियु बेडको संख्या बढाउन पनि निर्देशन दिए ।

उनले अस्पताललाई चुस्त सेवा दिने व्यवस्थाका लागि सरकारले गर्नुपर्ने सहयोग पूर्ण रूपमा सरकारबाट हुने पनि प्रतिबद्धता जनाए । उनले कान्ति बाल अस्पतालमा उपचारका लागि आएका बिरामीहरू बेड नपाएका कारण बाहिर जानुपर्ने अवस्थाको पूर्ण रूपमा अन्त्य हुनुपर्ने बताए ।  

मन्त्रालयका कर्मचारीहरूले भने इक्वीपमेण्ट र ठाउँ प्रशस्त भएपनि आवश्यक जनशक्ति नभएको गुनासो गरेका थिए । मन्त्री गिरीले कोही पनि बालबालिकाहरु उपचार गर्न आउँदा उपचार नपाएर बाहिर जाने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप