मधेस प्रदेशको उपसभामुखमा जनमतकी ईसर निर्वाचित
जनकपुरधाम । मधेस प्रदेशको उपसभामुखमा सत्तारुढ गठबन्धनकी बबिताकुमारी राउत ईसर निर्वाचित भएकी छन् । सप्तरीबाट समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्य भएकी जनमत पार्टीकी ईसर मंगलबार भएको मत विभाजनबाट उपसभामुखमा चयन भएकी हुन् ।
नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले जनमत पार्टीकी ईसरलाई उपसभामुखमा निर्वाचित गरियोस् भनेर प्रदेशसभामा पेश गरेको प्रस्तावको पक्षमा ७२ मत परेसँगै उनी चयन भएकी हुन् । प्रस्तावको विपक्षमा २९ मत मात्रै खसेको थियो ।
ईसरलाई नेकपा एमालेका २३, जसपाका १६, जनमतका १३, लोसपाका ९, माओवादी केन्द्रका ७, नागरिक उन्मुक्ति पार्टीका १, नेपाल संघीय समाजवादी पार्टीका १, राप्रपाका १ र स्वतन्त्र सांसद ५ जना प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।
यसअघि कांग्रेसको समर्थन प्राप्त गर्दै उपसभामुखमा उम्मेदवारी दिएकी नेकपा (एकीकृत समाजवादी) पार्टीकी प्रदेशसभा सदस्य बेची लुंगेलीलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव भने बहुमतबाट अस्वीकृत भएको थियो । यता आजै दिउँसको भएको बसेको प्रदेशसभाको बैठकले सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डललाई निर्वाचित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण