सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

मधेस प्रदेशको उपसभामुखमा जनमतकी ईसर निर्वाचित

मङ्गलबार, ०३ माघ २०७९, २१ : ०८
मङ्गलबार, ०३ माघ २०७९

जनकपुरधाम । मधेस प्रदेशको उपसभामुखमा सत्तारुढ गठबन्धनकी बबिताकुमारी राउत ईसर निर्वाचित भएकी छन् । सप्तरीबाट समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्य भएकी जनमत पार्टीकी ईसर मंगलबार भएको मत विभाजनबाट उपसभामुखमा चयन भएकी हुन् ।

नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले जनमत पार्टीकी ईसरलाई उपसभामुखमा निर्वाचित गरियोस् भनेर प्रदेशसभामा पेश गरेको प्रस्तावको पक्षमा ७२ मत परेसँगै उनी चयन भएकी हुन् । प्रस्तावको विपक्षमा २९ मत मात्रै खसेको थियो ।

ईसरलाई नेकपा एमालेका २३, जसपाका १६, जनमतका १३, लोसपाका ९, माओवादी केन्द्रका ७, नागरिक उन्मुक्ति पार्टीका १, नेपाल संघीय समाजवादी पार्टीका १, राप्रपाका १ र स्वतन्त्र सांसद ५ जना प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।

यसअघि कांग्रेसको समर्थन प्राप्त गर्दै उपसभामुखमा उम्मेदवारी दिएकी नेकपा (एकीकृत समाजवादी) पार्टीकी प्रदेशसभा सदस्य बेची लुंगेलीलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव भने बहुमतबाट अस्वीकृत भएको थियो । यता आजै दिउँसको भएको बसेको प्रदेशसभाको बैठकले सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डललाई निर्वाचित गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्र कुमार यादव
अमरेन्द्र कुमार यादव

अमरेन्द्र कुमार यादव रातोपाटीका जिल्ला संवाददाता हुन् ।

लेखकबाट थप