पानी र हिउँ नपर्दा म्याग्दी र मुस्ताङका किसान चिन्तित
गलेश्वर । यस वर्ष समयमै हिउँ र पानी नपर्दा हिमाली जिल्ला म्याग्दी र मुस्ताङका किसान चिन्तित भएका छन् । विगतका वर्षमा मङ्सिर तेस्रो सातादेखि हिउँ पर्ने म्याग्दीका उच्च पहाडी क्षेत्र तथा मुस्ताङमा यस वर्ष माघ लागिसक्दा पनि हिउँ नपरेपछि बालीनाली सुक्न थालेका छन् भने हिमालहरू कालोपत्थरमा परिणत हुँदै गएका छन् ।
हिउँदमा पानी नपरेपछि हिउँदे खेती सिँचाइको अभावमा खेत, बारीमा नै सुक्दै गएको म्याग्दीका अगुवा किसान चन्द्रवहादुर कार्कीले बताए । पहिला यो समयमा मुस्ताङका खेतबारी र डाँडापाखा हिउँले ढाकिन्थे । तर यस वर्ष हिउँ नपर्दा डाँडापाखा उराठलाग्दा र खेतबारी सुक्खा भएको मुस्ताङको मार्फाका कृषक शोभा गुरुङले जानकारी दिइन् ।
म्याग्दी जिल्लाको माथिल्लो क्षेत्रमा गत वर्ष पुस नलाग्दै हिउँ परेको थियो ।
यस वर्ष माघमा समेत हिउँ नपर्दा आलु, उवा, गहुँ जस्ता बाली बारीमै सुक्न थालेको किसानहरू बताउँछन् । समयमा हिउँ र पानी नपरे पनि यो वर्ष गत वर्षभन्दा धेरै चिसो महसुस भएको उच्च लेकाली क्षेत्रका बासिन्दा बताउँछन् । हिउँ पर्ने समयमा हिउँ नपरेको र जलवायुको तापक्रमसमेत बढ्दै गएकाले यहाँका बासिन्दा चिन्तित छन् । वनजङ्गलको तीव्र फँडानी, विभिन्न हानिकारक ग्यासको उत्सर्जनलगायत कारण जलवायुमा परेको असरले वातावरणमा यस्तो परिवर्तन देखापरेको वातावरणविद् चन्द्रमणि सापकोटाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण