न्यौपानेको पक्षमा मतदान गर्न कांग्रेसको ह्वीप
काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पार्टीबाट सभामुख पदमा उम्मेदवार बनेकी ईश्वरी न्यौपानेको पक्षमा मत दिन पार्टीका सांसदहरुलाई ह्वीप लगाएको छ । सभामुख पदमा कांग्रेसका तर्फबाट न्यौपाने र सत्ता गठबन्धनका तर्फबाट देवराज घिमिरेले उम्मेदवारी दर्ता गरेका छन् । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बुधबार विज्ञप्ति जारी गर्दै न्यौपानेको पक्षमा मतदान गर्न र देवराज घिमिरेको विपक्षमा मतदान गर्न भनेका हुन् ।
‘२०७९ साल माघ ५ गते विहान ११ : ०० बजे बस्ने प्रतिनिधिसभा बैठकमा नेपालको संविधानको धारा ९१ एवं प्रतिनिधि सभा नियमावली, २०७५ बमोजिम सभामुखको निर्वाचन सम्बन्धि प्रस्तावहरु प्रस्तुत हुने भएकोले उक्त बैठकमा प्रतिनिधिसभामा नेपाली कांग्रेसका माननीय सदस्यहरुलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र माननीय ईश्वरी देवी
न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा मतदान गर्न र माननीय देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक माननीय रमेश लेखकज्यूले ह्वीप जारी गर्नुभएको छ’, विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण