मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

वीर अस्पतालको क्याथल्याब सञ्चालनमा, उद्घाटन गर्न पुगे मन्त्री र राज्यमन्त्री

बिहीबार, ०५ माघ २०७९, १३ : २९
बिहीबार, ०५ माघ २०७९

काठमाडौँ । वीर अस्पतालको कार्डियोलोजी विगागमा क्याथल्याब सञ्चालनमा ल्याइएको छ ।  क्याथल्याबको बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गरी र राज्यमन्त्री डा तोसिमा कार्कीले संयुक्त रूपमा उद्घाटन गरे ।

 ल्याबको उद्घाटन गर्दै मन्त्री  गिरीले विपन्न नागरिकलाई सेवा दिने सरकारको दायित्व भएकाले सबैले सहकार्य गरेर सेवा दिनुपर्ने बताए । उनले अस्पतालमा गर्नुपर्ने संरचनागत सुधार गरी अझै बढी विपन्न र गरिब नागरिकलाई स्वास्थ्य सेवाको पहुँच पुर्‍याउन आवश्यक रहेको बताए । 

यसैगरी राज्यमन्त्री डा.कार्कीले उच्च मनोबलका साथ स्वास्थ्य सेवा प्रदानका लागि आफू आवश्यक सहयोग गर्न तयार रहेको बताइन् । उनले अस्पताललाई आवश्यक पर्ने जनशक्ति र पूर्वाधार जुटाउनका लागि तयार रहेको पनि बताइन् । 

उद्घाटन कार्यक्रममा निर्देशक निर्देशक डा भूपेन्द्र बस्नेतले अस्पताललाई जनशक्ति र स्वास्थ्य उपकरण मेसिनको आवश्यकता रहेको सुनाएका थिए । उनले क्याथल्याबलाई आवश्यक पर्ने  बिरामी रिफर गर्नुपर्ने बाध्यता बिस्तारै कम हुने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप