वीर अस्पतालको क्याथल्याब सञ्चालनमा, उद्घाटन गर्न पुगे मन्त्री र राज्यमन्त्री
काठमाडौँ । वीर अस्पतालको कार्डियोलोजी विगागमा क्याथल्याब सञ्चालनमा ल्याइएको छ । क्याथल्याबको बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गरी र राज्यमन्त्री डा तोसिमा कार्कीले संयुक्त रूपमा उद्घाटन गरे ।
ल्याबको उद्घाटन गर्दै मन्त्री गिरीले विपन्न नागरिकलाई सेवा दिने सरकारको दायित्व भएकाले सबैले सहकार्य गरेर सेवा दिनुपर्ने बताए । उनले अस्पतालमा गर्नुपर्ने संरचनागत सुधार गरी अझै बढी विपन्न र गरिब नागरिकलाई स्वास्थ्य सेवाको पहुँच पुर्याउन आवश्यक रहेको बताए ।
यसैगरी राज्यमन्त्री डा.कार्कीले उच्च मनोबलका साथ स्वास्थ्य सेवा प्रदानका लागि आफू आवश्यक सहयोग गर्न तयार रहेको बताइन् । उनले अस्पताललाई आवश्यक पर्ने जनशक्ति र पूर्वाधार जुटाउनका लागि तयार रहेको पनि बताइन् ।
उद्घाटन कार्यक्रममा निर्देशक निर्देशक डा भूपेन्द्र बस्नेतले अस्पताललाई जनशक्ति र स्वास्थ्य उपकरण मेसिनको आवश्यकता रहेको सुनाएका थिए । उनले क्याथल्याबलाई आवश्यक पर्ने बिरामी रिफर गर्नुपर्ने बाध्यता बिस्तारै कम हुने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण