आकर्षक पुरस्कार राशिसहित अन्तर कलेज फुटसल प्रतियोगिता हुने
बिहीबार, ०५ माघ २०७९, १३ : ४०
काठमाडौँ । खेलकुदका माध्यमबाट आपसी भाइचारा, सहअस्तित्व र मित्रता अभिवृद्घि गर्ने उद्देश्यका साथ ललितपुरको जावलाखेलमा अवस्थित डि.ए.भी. कलेजले फुटसल प्रतियोगिता गर्न लागेको छ ।
कलेजले प्लस २, ६ए साइड चौथो अन्तर कलेज फुटसल प्रतियोगिता गर्न लागेको एकेडेमिक डाइरेक्टर सुमन बस्नेतले जानकारी दिए । उनका अनुसार गत वर्षको पुरस्कार राशिमा वृद्घि गरी विजेता टिमलाई रू ३ लाख नगद, ट्रफी र प्रमाणपत्र तथा उपविजेता टिमलाई रू २ लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
यस्तै उत्कृष्ट खेलाडी, गोलरक्षक र उच्च गोलकर्तालाई पनि व्यक्तिगत ट्रफी र नगद पुरस्कारले पुरस्कृत गरिने उल्लेख गरेको छ । यही माघ २० गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पहिला दर्ता हुन आउने ३२ टिमलाई मात्र सहभागी गराइने कलेजले जानकारी गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण