शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

आकर्षक पुरस्कार राशिसहित अन्तर कलेज फुटसल प्रतियोगिता हुने

बिहीबार, ०५ माघ २०७९, १३ : ४०
बिहीबार, ०५ माघ २०७९

काठमाडौँ । खेलकुदका माध्यमबाट आपसी भाइचारा, सहअस्तित्व र मित्रता अभिवृद्घि गर्ने उद्देश्यका साथ ललितपुरको जावलाखेलमा अवस्थित डि.ए.भी. कलेजले फुटसल प्रतियोगिता गर्न लागेको छ । 

कलेजले प्लस २, ६ए साइड चौथो अन्तर कलेज फुटसल प्रतियोगिता गर्न लागेको एकेडेमिक डाइरेक्टर सुमन बस्नेतले जानकारी दिए ।  उनका अनुसार गत वर्षको पुरस्कार राशिमा वृद्घि गरी विजेता टिमलाई रू ३ लाख नगद, ट्रफी र प्रमाणपत्र तथा उपविजेता टिमलाई रू २ लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । 

यस्तै उत्कृष्ट खेलाडी, गोलरक्षक र उच्च गोलकर्तालाई पनि व्यक्तिगत ट्रफी र नगद पुरस्कारले पुरस्कृत गरिने उल्लेख गरेको छ । यही माघ २० गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पहिला दर्ता हुन आउने ३२ टिमलाई मात्र सहभागी गराइने कलेजले जानकारी गराएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप