राष्ट्रिय युवा संघको नवौं महाधिवेशन २७ देखि २९ चैतसम्म बाँकेमा
काठमाडौं । राष्ट्रिय युवा संघले नवौं महाधिवेशन आगामी २७ देखि २९ चैतसम्म बाँकेमा गर्ने निर्णय गरेको छ ।
बिहीबार जारी गरेको सर्कुलरअनुसार संघको नवौं राष्ट्रिय महाधिवेशन २७ देखि २९ चैतसम्म लुम्बिनी प्रदेशको बाँकेमा आयोजना गर्ने जनाएको छ । संघका अध्यक्ष किरण पौडेलको संयोजकत्वमा ‘राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समिति’ गठन भएको छ ।
यस्तै, आगामी फागुनमसान्तभित्र अनिवार्य रुपमा सम्पूर्ण मातहत कमिटी (वडा, पालिका र जिल्लां) को अधिवेशन सम्पन्न गर्ने पनि भएको जनाइएको छ । २ माघमा सम्पन्न केन्द्रीय पदाधिकारी बैठकले मातहत कमिटी अधिवेशनलाई भव्य, प्रभावकारी तथा परिणाममुखी बनाउनका निम्ति वैधानिक व्यवस्थाका अलावा साउन ०७९ मा सम्पन्न केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकबाट पारित मातहत कमिटी अधिवेशन निर्देशिका तथा कार्यविधिलाई विशेष आधार बनाउनुपर्ने निर्णय समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण