हिउँ छिचोल्दै विद्यालयतर्फ विद्यार्थी
शुक्रबार, ०६ माघ २०७९, १२ : २४

हुम्ला । हुम्लामा हिमपात भएपछि विद्यालय जाँदै गरेका विद्यार्थी प्रभावित भएका छन् । हिमपातका कारण हुम्लाको समग्र जनजीवन कष्टकर बनेको छ ।
यसअघि गत कात्तिकमा उत्तरी नाम्खामा हिउँ परेको थियो । सिमकोटमा एक फिटसम्म हिउँ जमेको छ । लामो समयपछि हिउँ पर्दा यहाँका स्थानीय बिहानैदेखि रमाइलो गर्न थालेका छन् ।
गए रातिदेखि लगातार हिमपात हुँदा उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीको जनजीवन कष्टकर बनेको छ । लिमी, मुचु, खगालगाउँ, तिल, जाङ गाउँलगायत स्थानमा बढी हिमपात भएको छ ।
बाक्लो हिउँका कारण आवतजावतमा समस्या भएको स्थानीयवासीले बताएका छन् । हिमपात हुँदा कोदो, चिनु, फापरलगायत कात्तिके बाली सप्रिने आशामा हुम्लाका किसान छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा लागुऔषध सहित एक जना पक्राउ
-
तीनकुने प्रकरणको मुद्दा हेर्दाहेर्दैमा, ४ जना सरकारी वकिलहरूको बहस सकियो
-
नेदरल्यान्डसविरूद्ध नेपालले पायो २२६ रनको लक्ष्य
-
विपद् न्यूनीकरणको लागि सामुदायिक विपद् स्वयंसेवक तथा विपद् सूचक प्रभावकारी हुनुपर्नेमा जोड
-
आरसीबीको विजय उत्सवमा भागदौड, सात जनाको मृत्यु
-
युवाहरूका लागि उद्यमशीलता र रोजगारी सिर्जना सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री