नवाज शरिफले भने, ‘एउटा पागलले चार वर्षमा पाकिस्तानलाई कति बिगारे भन्ने सबैलाई थाहा छ’
पाकिस्तानको सत्तारुढ दल मुस्लिम लिग (एन) का नेता नवाज शरिफले इमरान खानलाई पागल भनेका छन् । शरिफले इमरानको अघिल्लो सरकारलाई खिल्ली उडाउँदै भने, ‘पाकिस्तानलाई चार वर्षमा एउटा पागलले कति क्षति पुर्यायो भन्ने जनतालाई थाहा छ ।’
लन्डनमा पत्रकारहरूसँगको कुराकानीमा नवाज शरिफलाई के जनरल बाजवा र जनरल फैज हमिद पाकिस्तानको समस्याका लागि जिम्मेवार छन् त भनेर सोधिएको थियो ।
त्यसमा उनले मुस्कुराउँदै जवाफ दिए, ‘हो, तपाईंहरु सबैलाई थाहा छ । अब कसैको नाम वा अनुहार लुकेको छैन । उनीहरुले पाकिस्तानलाई आफ्नो मनमर्जीले चलाए । यो मुलुकसँग घिनलाग्दो ठट्टा गरेका छन् ।’
नवाज शरिफले पत्रकारहरूलाई इमरान खानको चार वर्षको कार्यकाललाई आफ्नो समयसँग तुलना गर्न आग्रह गरे । नवाज शरिफले इमरान खानको कार्यकालको बारेमा भने, ‘उनको चार वर्षलाई मेरो चार वर्षसँग तुलना गर्नुहोस् ।
जनताले आफैंले देख्नेछन् कि हाम्रो पालामा कस्तो अवस्था थियो, जनता कति सम्पन्न थिए र आज उनको चार वर्षमा जनता कति दुःखी छन् । पाकिस्तानलाई यस संकटबाट बाहिर निकाल्न हामीले सरकारलाई आफ्नो नियन्त्रणमा लिएका छौँ ।’
उनले भने, ‘उनले (इमरान खान)ले पाकिस्तानमा जुन अवस्था सिर्जना गरेका थिए, हामी विनाशको सँघारमा पुगेका थियौँ ।’
नवाज शरीफले इमरान खान प्रधानमन्त्री भएदेखि नै आफूले यी मुद्दाहरू उठाउँदै आएको बताए । उनले गुजरावाला र्यालीको पनि स्मरण गराए ।
अक्टोबर २०२० मा, गुजरानवालाको एक र्यालीमा, नवाज शरीफले तत्कालीन सेना प्रमुख जनरल कमर जावेद बाजवालाई सत्ताबाट हटाउने र इमरान खानलाई चुनावी धाँधली मार्फत सत्तामा ल्याएको आरोप लगाए ।
उनले भने, ‘हाम्रो देशमाथि जुन क्रुर व्यवहार गरिएको छ, त्यसलाई बताउनु मेरो जिम्मेवारी हो । जनतासम्म यसलाई पुर्याउनु मेरो जिम्मेवारी हो र यसलाई ठिक पार्नु पनि हाम्रो जिम्मेवारी हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण