समाचार
चालू आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा १० गैँडाको मृत्यु
शुक्रबार, ०६ माघ २०७९, १९ : ४१
काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा थप दुई वटा गैँडाको मृत्यु भएको छ । यससँगै निकुञ्जमा चालु आर्थिक वर्ष २०७९–०८० मा मृत्यु हुने गैँडाको संख्या १० वटा रेकर्ड गरिएको छ ।
निकुञ्ज प्रशासनका अनुसार अमलटारी सेक्टर अन्तर्गत भुताह पोष्ट नजिक शुक्रबार दिउँसो अन्दाजी ४ वर्ष उमेरको एक सिंगे गैँडा मृत फेला परेको छ । विद्युतीय धरापमा परेर गैँडा मरेको बताइएको छ ।
यसैगरी चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत भुताह पोष्ट नजिक नै अन्दाजी १४ वर्षको माउ गैँडा पनि मृत फेला परेको छ । घटनास्थलमा गैँडाको खाग भेटिएको छैन ।
चोरी सिकारी भएको आशंकासहित निकुञ्ज कार्यालयबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केप भर्डेका रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट बचाउ, पहिलो हाफमा स्पेनबाट निस्किएन गोल
-
सुदूरपश्चिममा मध्यरातमा जुट्यो बजेटमा सहमति
-
मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
-
आवासीय चिकित्सकलाई अत्यधिक समय कार्य नगराउन निर्देशन
-
पेट्रोलको मूल्य स्थिर
-
नेपाल दलित सङ्घको अध्यक्षमा विपेन्द्र रामुदामु नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण