मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

केप भर्डेका रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट बचाउ, पहिलो हाफमा स्पेनबाट निस्किएन गोल

सोमबार, ०१ असार २०८३, २२ : ४२
सोमबार, ०१ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एच' मा उपाधि दाबेदार स्पेनले आफ्नो पहिलो खेलको पहिलो हाफमा नवप्रवेशी केप भेर्डेसँग गोलरहित बराबरी खेलेको छ ।
  • स्पेनले बल पोसेसन र आक्रमणमा दबाब बनाए पनि पहिलो हाफमा गोल गर्न सकेन ।
  • केप भेर्डेका रक्षकहरू र गोलरक्षकले उत्कृष्ट प्रदर्शन गर्दै स्पेनलाई गोलविहीन बनाए ।

एटलान्टा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ मा उपाधि दाबेदार स्पेनले आफ्नो पहिलो खेलको पहिलो हाफमा प्रतियोगिताकै नवप्रवेशी केप भेर्डेसँग गोलरहित बराबरी खेलेको छ ।

अमेरिकाको एटलान्टा स्टेडियममा सोमबार भइरहेको खेलमा स्पेनले बल पोसेसन र आक्रमणमा स्पष्ट दबाब बनाए पनि पहिलो हाफमा गोल गर्न सकेन । पहिलो ४५ मिनेटमा स्पेनले १० मध्ये ५ वटा सट अन टार्गेट गरे पनि गोलको खाता खोल्न सकेन । केप भेर्डेले पनि तीन प्रहार गर्न सफल भयो तर उसका सबै प्रहार फितलो रे । 
स्पेनले करिब ७० प्रतिशत बल नियन्त्रणमा राख्न सफल भएको छ । उसले चार कर्नर पाउँदा केप भेर्डेले कुनै कर्नर पाएको छैन । केप भेर्डेका रक्षकहरू र गोलरक्षकले उत्कृष्ट प्रदर्शन गर्दै स्पेनलाई गोलविहीन बनाए ।

विश्व फुटबलको शक्तिशाली टोली स्पेन प्रतियोगिताको प्रमुख दाबेदारका रूपमा मैदान उत्रिएको छ भने केप भेर्डे आफ्नो इतिहासमै पहिलो पटक विश्वकप खेलिरहेको छ । समूह ‘एच’ मा स्पेन र केप भेर्डेसँगै उरुग्वे तथा साउदी अरेबिया रहेका छन् ।

पहिलो हाफसम्मको अवस्थाले केप भेर्डेले विश्वकप डेब्युमा स्पेनलाई कडा चुनौती दिएको संकेत गरेको छ भने दोस्रो हाफमा स्पेन गोलको खोजीमा थप आक्रामक बन्ने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप