प्रादेशिक सहिद पार्कलाई पर्यटकीय गन्तव्य बनाउने तयारी
वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेतस्थित प्रादेशिक सहिद पार्कलाई पर्यटकीय गन्तव्य बनाउने तयारी गरिएको छ । वीरेन्द्रनगर ४ सुर्खेतको भैरम सामुदायिक वनमा पर्ने सहिद पार्कको आकर्षण बढ्दै जाँदा यसलाई प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन लागिएको हो ।
उक्त सामुदायिक वन उपभोक्ता समूहको शुक्रबार सम्पन्न २३ औँ वार्षिक साधारणसभामार्फत संस्थाका अध्यक्ष अमरबहादुर कार्कीले यसका लागि गुरुयोजना निर्माण गरिएको बताए । उनले भने, “आगामी आर्थिक वर्षमा सामुदायिक वनले सहिद पार्कमा गुरुयोजनाअनुसार झरना, मचान, ट्रि हाउसलगायतका संरचना निर्माण गर्नेछ । यसले आन्तरिक तथा विदेशी पर्यटकको आकर्षण बढाउनेछ ।” वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले सामुदायिक वनको हाताभित्र रहेको प्रादेशिक सहिद पार्क प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य गराउनुपर्ने सुझाव दिए ।
उनले सहिद पार्कभित्र गुरुयोजना विपरितका कुनै पनि काम नगर्न आग्रह गर्दै त्यसको पुनरावलोकन गरी सोहीअनुसार संरचना निर्माणमा ध्यान दिनुपर्ने बताए । पार्कभित्र पुराना नमूना घर, कोल, ढिकी जाँतोजस्ता पम्परागत संरचनाहरु निर्माण गर्न सकिए त्यसले पर्यटकलाई थप आकर्षित गर्ने उपप्रमुख खनालको भनाइ थियो । वीरेन्द्रनगरका पूर्वप्रमुख देवकुमार सुवेदीले उक्त सामुदायिक वन अध्ययन केन्द्रको रुपमा पनि विकास गर्न सल्लाह दिए । वीरेन्द्रनगरको पानीको मुहान मानिने उत्तरी जलाधार क्षेत्रलाई संरक्षण गर्ने योजना ल्याउन वन समूहलाई आग्रह गर्दै उनले पार्कलाई सफा र स्वच्छ राख्ने संरचना निर्माण गर्न निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाँजा खेतीलाई वैधानिकता दिन सांसद सापकोटाको माग
-
कर्णालीमा सत्तारुढ दलकै सांसदले स्वकीयको तलब माग गर्दै संसद् अवरोध गरेपछि...
-
प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी
-
नेप्से सामान्य अङ्कले घट्यो, कारोबार रकम बढ्यो
-
राजपुरका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
१ अर्ब रुपैयाँ बराबरको बजेट संशोधन गर्ने प्रतिबद्धता, साउन मसान्तभित्र त्रुटि सच्याइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण