ला लिगा : बार्सा र रियल विजयी
मड्रिड । गेटाफेमाथि संघर्षपूर्ण जीत हासिल गर्दै बार्सिलोनाले ला लिगाको शीर्ष स्थानमा आफ्नो अग्रता कायम राखेको छ । आइतबार भएको खेलमा पेड्रीको एक मात्र गोलको मद्दतले बार्सिलोना विजयी बनेको हो ।
ज्याभीको टोली निलम्बित स्ट्राइकरद्वय रोबर्ट लेवान्डोस्की र फेरान टोरेस बिना नै मैदानमा उत्रेको थियो । पेड्रीले खेलको ३५ औँ मिनेटमा गोल गर्दै टोलीलाई जीत दिलाए । बार्साले पछिल्ला १६ लिग खेलमा कम्तीमा एक गोल गर्न सफल भएको छ ।

उता, करिम बेन्जेमाको उत्कृष्ट गोलको मद्दतले साबिक विजेता रियल मड्रिडले एथ्लेटिक बिल्बाओलाई पराजित गर्दै बर्सासँगको दुरी ३ अंकमा सीमित गर्न सफल रह्यो । खेलको २४ औँ मिनेटमा बेन्जेमाले रियललाई अग्रता दिलाएका थिए । बालोन डि’ओर विजेताले पछिल्ला ५ खेलमा ६ गोल गरेका छन् ।
खेलको अन्तिम मिनेटमा टोनी क्रुसले गोल गर्दै रियलको जीत सुनिश्चित गरे । १७ खेलपछि रियलको ४१ अंक रहेको छ भने बासिलोनाको ४४ अंक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण