ला लिगा : बार्सा र रियल विजयी

मड्रिड । गेटाफेमाथि संघर्षपूर्ण जीत हासिल गर्दै बार्सिलोनाले ला लिगाको शीर्ष स्थानमा आफ्नो अग्रता कायम राखेको छ । आइतबार भएको खेलमा पेड्रीको एक मात्र गोलको मद्दतले बार्सिलोना विजयी बनेको हो ।
ज्याभीको टोली निलम्बित स्ट्राइकरद्वय रोबर्ट लेवान्डोस्की र फेरान टोरेस बिना नै मैदानमा उत्रेको थियो । पेड्रीले खेलको ३५ औँ मिनेटमा गोल गर्दै टोलीलाई जीत दिलाए । बार्साले पछिल्ला १६ लिग खेलमा कम्तीमा एक गोल गर्न सफल भएको छ ।
उता, करिम बेन्जेमाको उत्कृष्ट गोलको मद्दतले साबिक विजेता रियल मड्रिडले एथ्लेटिक बिल्बाओलाई पराजित गर्दै बर्सासँगको दुरी ३ अंकमा सीमित गर्न सफल रह्यो । खेलको २४ औँ मिनेटमा बेन्जेमाले रियललाई अग्रता दिलाएका थिए । बालोन डि’ओर विजेताले पछिल्ला ५ खेलमा ६ गोल गरेका छन् ।
खेलको अन्तिम मिनेटमा टोनी क्रुसले गोल गर्दै रियलको जीत सुनिश्चित गरे । १७ खेलपछि रियलको ४१ अंक रहेको छ भने बासिलोनाको ४४ अंक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्राहकको जोखिम व्यवस्थापनका लागि वित्तीय साक्षरता
-
विधेयकका सिद्धान्त र बजेटबारे रास्वपाको कार्यशाला
-
‘आजको दिनमा नेपालले डिजिटल पब्लिक इन्फाट्रक्चरमा काम गर्नुपर्छ’
-
पाँचथरबाट ‘जारी २’को छायाङ्कन सुरु
-
सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण (तस्बिरहरू)
-
गिरुवारी खोलामा पुल भाँचिदा रोकिएका सवारी वैकल्पिक बाटोबाट सञ्चालन