छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : मुख्यमन्त्री शर्मा
सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीचको सिटको बाँडफाँट टुङ्गो यसअघि नै लागिसकेको जनाउँदै उनले केही प्राविधिक कारणले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको जानकारी दिए । ‘अब आजभोलिसम्म हामी मन्त्रिपरिषद् विस्तारका साथै यसलाई पूर्णता दिन्छौँ’, उनले भने, ‘सत्तारुढ दलभित्र भएको सहमति कार्यान्वयनका सन्दर्भमा विमति छैन । मन्त्रालय समायोजन गर्ने कुरामा आएका प्राविधिक कठिनाइका विषयमा छलफलमा छौँ ।’
एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले सात सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने सहमतिअनुसार अगाडि बढ्नुपर्ने बताए । मन्त्रालय समायोजनको कुरा मुख्यमन्त्री नेतृत्वको सरकारले गर्ने जनाउँदै उनले मन्त्रिपरिषद्लाई पूर्णता दिने जिम्मेवारी आफूमा नरहेको स्पष्ट पारे । कर्णाली प्रदेशका प्रमुख सचिव डा.गोपीकृष्ण खनालले मन्त्रालय समायोजनको प्राविधिक प्रक्रियालाई छिट्टै टुङ्ग्याइने बताए । उनले भने- ‘अब जे जसो गरी भए पनि मन्त्रालय समायोजनको विषयमा छिट्टै टुङ्गो लाग्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छ : मन्त्री पोखरेल
-
संवैधानिक परिषद् बैठक आह्वान
-
लालपुर्जा, नागरिकता र सीमा सुरक्षाको माग गर्दै सुस्तावासीको आज पनि माइतीघरमा धर्ना, तस्बिरहरु
-
काठमाडौँमा सुस्तावासीको धर्ना : गृहमन्त्रीको आश्वासनले मानेनन्, प्रधानमन्त्रीलाई नै भेट्ने अडान
-
कर्णालीको भेलमा बेपत्ता गाडी र यात्रुको अवस्था अझै अज्ञात
-
सक्कली नोट झिकेर नक्कली नोट राख्ने बैंक म्यानेजरको कर्तुत पर्दाफास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण