राष्ट्र बैंकले आज साढे १० अर्बको ट्रेजरी बोलकबोल गर्दै
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार साढे १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । बैंकले ९१ दिने र ३६४ दिने गरी दुई किसिममा कुल १० अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।
सूचना अनुसार सोमबार दिउँसो २ बजे ट्रेजरीको बोलकबोल हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले तोकिएको समय भित्र अनलाइन आवेदन दिन सक्ने छन् । ट्रेजरीको बिक्री भने माघ १० गते मंगलबार हुनेछ । केन्द्रीय बैंकका अनुसार कुल ट्रेजरी मध्ये ३ अर्ब ६० करोड रुपैयाँ नवीकरण र ७ अर्ब रुपैयाँ नयाँ ट्रेजरी जारी गर्न लागिएको हो ।
यसअघि केन्द्रीय बैंकले माघ २ गते ९१ दिनका लागि ५ अर्ब २० करोड रुपैयाँको ट्रेजरी जारी गरेको थियो । प्रस्तावित ट्रेजरीका लागि अधिकतम ११.२१ प्रतिशत र न्यूनतममा ९.५० प्रतिशतको ब्याजदर अफर भएकोमा बैंकले १०.५८६१ प्रतिशतमा ट्रेजरी बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा इरानको कडाइ, नियम उल्लङ्घन गरेको भन्दै फर्काइरहेछ जहाज
-
यी चिजसँग खानु हुँदैन बदाम
-
आँपको उत्पादन बढ्यो, घटेन मूल्य
-
कहाँ पुग्यो कोरियामा दक्ष श्रमिक पठाउने ‘ई–७ भिसा’ प्रक्रिया ?
-
सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार प्रकरण : गरुडा प्रहरीमा जाहेरी
-
भारतीय सेनाकी पहिलो महिला मुक्केबाज ज्यास्मिन लाम्बोरिया, ग्लासगोमा स्वर्णको आस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण