बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकले आज साढे १० अर्बको ट्रेजरी बोलकबोल गर्दै

सोमबार, ०९ माघ २०७९, ११ : ३०
सोमबार, ०९ माघ २०७९

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार साढे १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । बैंकले ९१ दिने र ३६४ दिने गरी दुई किसिममा कुल १० अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो । 

सूचना अनुसार सोमबार दिउँसो २ बजे ट्रेजरीको बोलकबोल हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले तोकिएको समय भित्र अनलाइन आवेदन दिन सक्ने छन् । ट्रेजरीको बिक्री भने माघ १० गते मंगलबार हुनेछ । केन्द्रीय बैंकका अनुसार कुल ट्रेजरी मध्ये ३ अर्ब ६० करोड रुपैयाँ नवीकरण र ७ अर्ब रुपैयाँ नयाँ ट्रेजरी जारी गर्न लागिएको हो । 

यसअघि केन्द्रीय बैंकले माघ २ गते ९१ दिनका लागि ५ अर्ब २० करोड रुपैयाँको ट्रेजरी जारी गरेको थियो । प्रस्तावित ट्रेजरीका लागि अधिकतम ११.२१ प्रतिशत र न्यूनतममा ९.५० प्रतिशतको ब्याजदर अफर भएकोमा बैंकले १०.५८६१ प्रतिशतमा ट्रेजरी बिक्री गरेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप