पाकिस्तान : संसद भवनमा विद्युत आपूर्ति अवरुद्ध, तीन दिनका लागि सबै बैठक स्थगित
पाकिस्तानको संसद भवनमा विद्युत आपूर्ति अवरुद्ध हुँदा राष्ट्रिय सभाको कार्यालय र सिनेट सचिवालय तीन दिनका लागि बन्द गरिएको छ ।
यस अवस्थालाई ध्यानमा राख्दै सिनेटका अध्यक्ष र राष्ट्रिय सभाका सभामुखले जतिसक्दो चाँडो काम गर्न र सावधानी अपनाउन अधिकारीहरूलाई आग्रह गरेका छन् ।
साथै, सिनेटका अध्यक्षले जनवरी २३ बेलुका ४ बजेदेखि २६ जनवरी २०२३ बिहान ११ बजेसम्मका लागि हुने सबै बैठकहरू स्थगित गरेका छन् ।
Yesterday, there was a short circuit in Parliament.
— National Assembly of 🇵🇰 (@NAofPakistan) January 23, 2023
Thank God, there was no significant harm.
However, all offices on premises will be closed until Jan 26, 2023, to carry out maintenance & conduct a thorough evaluation of structure to prevent similar incidents in future. pic.twitter.com/fiu1Ha5Yge
यस विषयमा राष्ट्रिय सभाले ट्वीट गर्दै भनेको छ, ‘आइतबार संसदमा सर्ट सर्किट भएको थियो । ठूलो क्षति नभएकोमा भगवानलाई धन्यवाद ।’
‘तर मर्मतको काम गर्न, भवनको विस्तृत निरीक्षण गर्न र यस्ता घटना दोहोरिन नदिनका लागि भवनका सबै कार्यालय जनवरी २६ सम्म बन्द गरिने भएको छ,’ उनले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण