बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल वायु सेवा निगमको निरीक्षणमा पर्यटनमन्त्री किराती

सोमबार, ०९ माघ २०७९, १४ : ३१
सोमबार, ०९ माघ २०७९

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायु सेवा निगमको निरीक्षण गरेका छन् । 

निगमको सोमबार निरीक्षण गर्दै मन्त्री किरातीले आमजनताले महसुस र देख्नेगरी परिणाम यथाशीघ्र ल्याउनेगरी काम गर्न निर्देशन दिए । 

साथै एक महिनाभित्र  इटिकेटिङ प्रणाली लागू गर्न, त्रिभुवन विमानस्थलमा हुने चोरी रोक्न र ग्राउण्ड हेन्डेलिङ गुणस्तर वृद्धि गर्न मन्त्री किरातीले निर्देशन दिए । 

साथै समयमै जहाज उडाउने कार्य गर्न पनि उनले निर्देशन दिएका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप