मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको लागि राष्ट्र बैंकले माग्यो सुझाव
सोमबार, ०९ माघ २०७९, १८ : २९

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि राय–सुझाव माग गरेको छ । बैंकले सोमबार एक सूचना जारी गर्दै सरोकारवालासँग सुझाव माग गरेको हो ।
सूचनाअनुसार माघ २० गतेसम्ममा राय सुझाव बैंकको आर्थिक अनुसन्धान विभागको इमेल [email protected] मा पठाउनुपर्नेछ । यस्तै विभागको बालुवाटारस्थित कार्यालयको ठेगानामा पनि उपलब्ध गराउन सकिनेछ ।