मानव अधिकार आयोगद्वारा समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले महिलाको मानव अधिकार संरक्षणार्थ युएनवुमन र युएनएफपीएसँग छुट्टाछुट्टै समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
आयोगका कामु सचिव मुरारीप्रसाद खरेल र युएनवुमनका तर्फबाट प्रमुख नाभानिता सिन्हा एवं युएनएफपीएका तर्फबाट प्रमुख वन योङ हगले आज आयोगमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा हस्ताक्षर गरेका हुन् ।
समझदारीपत्रमा विशेषगरी लैङ्गिक समानता, प्रजनन स्वास्थ्यको अधिकार, महिला हिंसा न्यूनीकरण तथा महिला अधिकारका विभिन्न विषयमा दुई पक्षबीच समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने उल्लेख गरिएको छ ।
महिला अधिकारको संरक्षणका लागि विश्वव्यापी आवधिक समीक्षा तथा संयुक्त राष्ट्रसङ्घीय विभिन्न समितिबाट नेपाललाई प्राप्त सिफारिसको कार्यान्वयन अवस्था र मानव अधिकारका विषयमा प्रभावकारी अनुगमन गर्न क्षमता सवलीकरण गर्ने, प्रमाणमा आधारित अनुगमन र अनुसन्धानमार्फत सरकार तथा सरोकारवाला निकायलाई महिला अधिकारको सम्मान, संरक्षण र परिपूर्तिका लागि क्षमता अभिवृद्धि र जवाफदेही बनाउनेलगायतका विषय समझदारीपत्रमा समावेश गरिएको छ ।
आयोगका अध्यक्ष तपबहादुर मगरले यसबाट लैङ्गिक हिंसा, प्रजनन स्वास्थ्य, बालविवाह तथा महिला अधिकारका विभिन्न विषयमा प्रभावकारीरूपमा कार्य गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण