स्पट फिक्सिङमा ५ खेलाडी र ५ जना अफिसियल संलग्न
काठमाडौँ । नेपाल टी–ट्वान्टी लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’ गरेको आरोपमा दुई जना खेलाडी पक्राउ परेका छन् । राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी र पूर्व राष्ट्रिय खेलाडी मेहबुव आलम पक्राउ परेका हुन् ।
केन्द्रीय अनुसन्धान ब्युरोले गरेको प्रारम्भिक छानबिनबाट अन्सारी र आलमसहित ५ जना खेलाडी स्पट फिक्सिङमा संलग्न रहेको खुलेको छ । केन्द्रीय अनुसन्धान ब्युरोका एक जना अधिकृतका अनुसार फिक्सिङमा ५ जना अफिसियलको संलग्नता देखिएको छ ।
टी–ट्वान्टी लिग क्रिकेटको व्यवस्थापन गर्ने जिम्मा पाएको कम्पनी सेभेन–३ स्पोर्टका सञ्चालक जतिन अहलुवालिया सहित ५ अफिसिलयको संलग्नता देखिएको ती अधिकृतले बताए ।
स्पट फिक्सिङमा विदेशी खेलाडीहरूको पनि संलग्नता देखिएको छ । लिग सकिएको हुनाले विदेशी खेलाडीहरू अहिले नेपालमा छैनन् । स्पट फिक्सिङबारे जानकारी गराउन केन्द्रीय अनुसन्धान ब्युरोले पत्रकार सम्मेलन आयोजना गरेको छ । मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी गराइने केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
-
कारखानाभित्र पसेको भालु झ्याल खोलेर फरार, जापानी अधिकारीहरू चकित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण