स्पट फिक्सिङमा ५ खेलाडी र ५ जना अफिसियल संलग्न

काठमाडौँ । नेपाल टी–ट्वान्टी लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’ गरेको आरोपमा दुई जना खेलाडी पक्राउ परेका छन् । राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी र पूर्व राष्ट्रिय खेलाडी मेहबुव आलम पक्राउ परेका हुन् ।
केन्द्रीय अनुसन्धान ब्युरोले गरेको प्रारम्भिक छानबिनबाट अन्सारी र आलमसहित ५ जना खेलाडी स्पट फिक्सिङमा संलग्न रहेको खुलेको छ । केन्द्रीय अनुसन्धान ब्युरोका एक जना अधिकृतका अनुसार फिक्सिङमा ५ जना अफिसियलको संलग्नता देखिएको छ ।
टी–ट्वान्टी लिग क्रिकेटको व्यवस्थापन गर्ने जिम्मा पाएको कम्पनी सेभेन–३ स्पोर्टका सञ्चालक जतिन अहलुवालिया सहित ५ अफिसिलयको संलग्नता देखिएको ती अधिकृतले बताए ।
स्पट फिक्सिङमा विदेशी खेलाडीहरूको पनि संलग्नता देखिएको छ । लिग सकिएको हुनाले विदेशी खेलाडीहरू अहिले नेपालमा छैनन् । स्पट फिक्सिङबारे जानकारी गराउन केन्द्रीय अनुसन्धान ब्युरोले पत्रकार सम्मेलन आयोजना गरेको छ । मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी गराइने केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ