९३ प्रतिशत पाकिस्तानी चुरोट बिक्री प्रतिबन्धको पक्षमा
त्रियानब्बे प्रतिशत पाकिस्तानी चुरोट बिक्री प्रतिबन्धको पक्षमा रहेका एक अध्ययनले देखाएको छ । देशभरका वयस्क पुरुष र महिलाका राष्ट्रिय प्रतिनिधिमाझ हालै गरिएको एक सर्वेक्षणले ९३ प्रतिशत पाकिस्तानीले चुरोटको बिक्रीमा प्रतिबन्ध लगाउनुमा सहमति जनाएका देखाएको हो ।
ग्यालप र गिलानी सर्वेक्षणमा सहभागीमध्ये सात प्रतिशतले चुरोटको बिक्रीमा प्रतिबन्ध लगाउन नहुने जवाफ दिएका छन् । शहरी क्षेत्रका तीन प्रतिशतभन्दा बढी चुरोटको बिक्रीमा प्रतिबन्ध लगाउने पक्षमा उभिएका प्रतिवेदनमा उल्लेख छ । चुरोट बिक्रीमा प्रतिबन्ध लगाउने मानिसहरूको सबैभन्दा बढी प्रतिशत देशको पूर्वी पञ्जाब र दक्षिणी सिन्ध प्रान्तका छन् ।
उत्तरपश्चिमी खैबर पख्तुनख्वाबाट ९३ प्रतिशतले पनि चुरोटको बिक्रीमा प्रतिबन्ध लगाउनु पर्ने जवाफ दिएका छन् । दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तका ८७ प्रतिशत मानिसले पनि सिगरेटको बिक्रीमा प्रतिबन्ध लगाउनु पर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण