बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ओमानमा मानव तस्करबाट पीडित भए के गर्ने ?

मङ्गलबार, १० माघ २०७९, १३ : ५५
मङ्गलबार, १० माघ २०७९

काठमाडौं । ओमानमा मानव तस्करबाट पीडित हुने थुप्रै नेपालीहरू छन् । उनीहरूले ओमानमा रहेको नेपाली राजदूतावासलाई आफू समस्यामा परेकोबारे जानकारी गराउने गरेका छन् । सम्झौताअनुसार काम नदिने, सेवा सुविधा नदिने, अनावश्यक रूपमा काममा लगाउने जस्ता समस्या ओमानका रोजगारदाताबाट हुने गरेका छन् । दूतावासले यस्तो समस्या परेको खण्डमा ओमान प्रहरीलाई सम्पर्क गर्न अनुरोध गरेको छ । 

त्यसका लागि ओमान प्रहरीको ८००७७४४४ नम्बरमा निःशुल्क फोन गर्न सकिने दूतावासले जनाएको छ । फोन गर्दा कर्मचारीहरू अंग्रेजी र अरबिक दुवै भाषा बोल्न सक्ने छन् । यदि तपाईं अरबिक वा अंग्रेजी बोल्न जान्नु हुन्न भने जान्ने मान्छेलाई अनुरोध गर्न सकिने दूतावासले जनाएको छ । 

यी मध्ये कुनै समस्याबाट पीडित हुनु भएको छ ?
– मेरो पासपोर्ट म सँग छैन ।
– मैले पाउने तलब सुविधा सम्झौता–पत्रमा उल्लेख गरिए भन्दा कम छ ।
– मलाई बिना अतिरिक्त पारिश्रामिक सम्झौता–पत्रमा तोकिएको भन्दा बढी समय काम गर्न बाध्य पारिएको छ ।
–मलाई साप्ताहिक विदा दिईदैन र साप्ताहिक विदाको दिनमा काम गरे बापत क्षतिपुर्ति÷अतिरिक्त्त पारिश्रमिक पनि दिईदैन ।
– मेरो रोजगारदाताले मलाई भिसा प्रदान गरेबापत उसलाई मैले पैसा तिर्नुपर्ने बताउँछ ।
– मेरो रोजगारदाताले मलाई आवास, उपचार खर्च र खाना दिए बापत उसलाई पैसा तिर्नुपर्ने बताउँछ ।
– मलाई यस मुलुकमा ल्याए बापत मैले मेरो स्पोन्सर वा मलाई काम दिने एजेन्सीलाई पैसा तिर्नुपर्छ ।
– यदि मैले मेरो कामको अवस्थाबारे यहाँको प्रहरी वा श्रम मन्त्रालयमा कुनै उजुरी गरेमा मेरो रोजगारदाताले मलाई यो देशबाट निकाला गर्ने धम्की दिएको छ ।
– काम गर्ने स्थानमा घरपरिवारका सदस्यहरूद्वारा मलाई शारीरिक दुव्र्यवहार गरिनुका साथै अनुचित तरिकाले संवेदनशील अंगहरूमा स्पर्श गरिन्छ ।
– मेरो रोजगारदाताले मलाई कुटपिट गर्छ ।
– म माथि हिंसाको धम्की दिईन्छ ।
– मलाई पुरूषहरूसँग शारीरिक सम्पर्क गर्न बाध्य पारिन्छ ।
– म यहाँ छोडेर नेपाल फर्कन चाहन्छु तर, मेरो रोजगारदाताले मलाई जान दिंदैन।

यदि माथि उल्लेखित कार्यहरु तपाईंले प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा भोग्नु भएको छ भने तपाई मानव बेचबिखन÷तस्करीबाट पीडित भएको हुने दूतावासले जनाएको छ । दूतावासले तपाई अपराधी नभई पीडित भएको भन्दै तत्काल प्रहरी समक्ष सम्पर्क गर्न अनुरोध गरेको छ । रोयल ओमानी प्रहरी तपाईंको मद्दत गर्न तयार रहने दूतावासको भनाई छ । 

प्रहरीले आफ्ना कर्मचारीलाई यस्ता पीडितहरूलाई कसरी सहयोग गर्ने भन्ने विषयमा तालिम दिएको हुन्छ । उनीहरूले तपाईंलाई तपाईंको रोजगारदाताबाट बचाउन सक्ने र तपाईंको दुःखद अवस्थाको अन्त्य गर्न सक्ने दूतावासको भनाइ छ । 
यदि तपाईंलाई हिँडडुल गर्न दिइन्छ भने नजिकैको रोयल ओमान प्रहरीको कार्यालयमा गएर तपाईंको समस्या राख्नुपर्नेछ । यदि तपाईं आफैं प्रहरीकोमा जान सक्नुहुन्न भने तपाईं आफ्नो साथीभाइको मद्दतले आफ्नो समस्या प्रहरीकोमा पु¥याउन सक्नुहुनेछ ।  

रोयल ओमानी प्रहरीले तपाईंको उजुरीको छानबिन गर्नेछन् । तपाईंको सुरक्षा तथा हितको लागि तपाईंलाई विशेष सुरक्षा गृहमा राख्न सकिने छ । सहयोगी कर्मचारीहरूले तपाईंको सुरक्षा, औषधि उपचार लगायत अन्य आवश्यकताहरूको ख्याल गर्नेछन् । यी सबै सेवाहरू निःशुल्क हुने छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप