शनिबार, २१ माघ २०७९
ताजा लोकप्रिय
सन्दर्भः गजेन्द्रनारायण सिंहको २१ औँ पुण्यतिथि

मधेसी दलले ‘गज्जु बाबु’को मुद्दा अपनाए, उनलाई अपनत्व दिएनन्

मंगलबार, १० माघ २०७९, १५ : २८
मंगलबार, १० माघ २०७९

काठमाडौँ । मधेसवादी दल तथा विभिन्न सङ्घसंस्थाहरूले नेपाल सद्भावना पार्टी नेपालका संस्थापक स्वर्गीय गजेन्द्रनारायण सिंहको आज २१औँ स्मृति दिवस मनाइरहेका छन् । २०५८ माघ १० गते हृदयाघातका कारण उनको निधन काठमाडौँमा भएको थियो । उनको निधन भएको आज २१ वर्ष पुगेको छ । आज सिंहको २१औँ स्मृति दिवस मनाइदैछ । 

तर कुनै मधेसी दलले आफ्नो ब्यानरमा सिंहलाई सम्झेका छैनन् । गजेन्द्रनारायण सिंहले उठाएको मुद्दालाई सबैले आआफ्नो मुद्दा बनाएका छन् तर गजेन्द्रनारायण सिंहलाई कसैले अपनत्व दिएका छैनन् । यो २१ वर्षमा धेरै कुराको परिवर्तन भएको छ । २०४६ सालमा गजेन्द्रनारायण सिंहले गठन गरेको नेपाल सद्भावना पार्टी अहिले अस्तित्वमा पनि छैन । उनका साथमा काम गरेका नेताहरू पनि विभिन्न दलमा विलीन भइसकेका छन् ।    

गजेन्द्रनारायण सिंह मधेसका आदर्श भए पनि मधेसी नेता तथा मधेसवादी दलका लागि अब आदर्श रहेनन् । जुन बेला नेपालमा मधेसको नाम लिन पनि मानिसहरू हिचकिचाउँथे, मधेसमाथि विभेदको चरम सीमा नाघिसकेको थियो । त्यो बेला उनले धोती, कुर्ता लगाएर मधेसको पहिचानका लागि संघर्ष गरेका थिए । 

संसद्मा हिन्दी भाषा बोल्न रोक लगाइएको थियो । तर सिंहले धोती, कुर्ता लगाएर संसद्मा हिन्दी भाषामा आफ्नो मन्तव्य राखेका थिए । उनले हिन्दी भाषामा आफ्नो कुरा जबरजस्ती राखेपछि उनको त्यो मन्तव्य संसद्को रेकर्डबाट हटाइएको थियो । त्यस्तै, त्यसबेला टुँडिखेलमा आयोजना गरिएको दलहरूको संयुक्त आमसभामा उनले हिन्दी भाषामा आफ्नो मन्तव्य राख्दा हुटिङ मात्रै होइन, कार्यक्रमस्थलमा झडप नै भएको थियो । 

तैपनि उनले आफ्नो संघर्षलाई विश्राम नलिएको विकास तिवारी बताउँछन् । गजेन्द्रनारायण सिंहको सचिवालयमा काम गरिसकेका तिवारीले गजेन्द्रनारायण सिंहले मधेसको अधिकार र पहिचानका लागि जुन खालको संघर्ष गरे, अहिले त्यस्तो संघर्ष नभएको जिकिर गर्छन् । 

गजेन्द्रनारायण सिंह मधेसका लागि संघर्ष गरिरहँदा थुप्रै पटक उनी अपमानित हुनु पर्‍यो, प्रहरीले उनलाई बुटले कुल्चिने काम गर्‍यो, सदनदेखि सडकमा बोल्नबाट रोक लगाइयो । यस्ता थुप्रै उदाहरण छन्, उनी यो राज्यबाट जति अपमानित, जति विभेदको शिकार भए, त्यति अहिलेका कुनै पनि नेताले भोगेनन्, तिवारीले भने, ‘राज्यले उहाँमाथि जस्तोसुकै दमन गरे पनि उहाँ आफ्नो संघर्षलाई निरन्तरता दिनुभयो ।’

उनको निधन हुँदाको दिनसम्म पनि मधेसकै लागि संघर्ष गरिरहेको बताउँदै उनको राजनीति सेवामूलक रहेको तर त्यो भावना अहिलेका कुनै पनि नेतामा नदेखिएको तिवारीको बुझाइ छ । उनका अनुसार आफ्नो व्यक्तिगत स्वार्थका लागि उनले कहिल्यै कुनै अनुचित कार्य गरेनन् । 

गजेन्द्रनारायण सिंहले गरेको मधेसको मुद्दा र एजेण्डाले स्थापित गरेको मूल्य र मान्यताको आधारमा मधेस आन्दोलन भयो । उनले नै स्थापित गरेको मुद्दामा र एजेण्डामा मधेसको राजनीति अगाडि बढेको छ । 

जसपा नेपालका केन्द्रीय सदस्य विक्की यादवले गजेन्द्रनारायण सिंह मधेसी जनताको हृदयमा बास गरे पनि राजनीतिक रूपमा उनको सम्मान हुन नसकेको स्वीकार्छन् । मधेसको राजनीतिमा गजेन्द्रनारायण सिंहको योगदानलाई कदापि बिर्सिन नसकिने उनको भनाइ छ ।

अहिले परिस्थिति धेरै बदलिएको छ । मधेसले पहिचान पाएको छ, मधेसीले पनि निर्धक्क आफ्नो भाषामा बोल्न पाएका छन् । तर मधेसी पहिचानका लागि यो देशमा जीवनभर संघर्ष गरेका नेता गजेन्द्रनारायण सिंहलाई अहिलेका पुस्ताले बिर्सिन थालेका छन् ।

मधेसको विषयमा कुरा नमिल्दा नेपाली काँग्रेस छाडेर २०४० मा नेपाल सद्भावना परिषद् गठन गरी मधेसी पहिचानका लागि संघर्षमा उत्रिएका गजेन्द्रनारायण सिंहले २०४६ सालमा नेपाल सद्भावना पार्टी गठन गरेका थिए । त्यो पार्टीले मधेसको लागि गरेको संघर्ष र योगदान स्मरणीय छ । त्यो पार्टीबाट थुप्रै नेता जन्मे, पटक पटक मन्त्री भए, पार्टीको नेतृत्व पनि गरे तर गजेन्द्रनारायण सिंहलाई आदर्शको रूपमा मान्न छाडे ।

गजेन्द्रनारायणको मुद्दालाई आधार बनाएर थुप्रै पार्टीहरू खुले तर ती दलहरूको कुनै पनि दस्तावेजमा गजेन्द्रनारायण सिंहको विचार र आदर्शको चर्चा छैन । जबकि आफूलाई गजेन्द्रनारायण अनुयायी र उत्तराधिकारी दाबी गर्ने राजेन्द्र महतो, अनिलकुमार झा, अमृता अग्रहरी, सरिता गिरी, मनिष सुमन, लक्ष्मणलाल कर्ण, विकास तिवारी, रामेश्वर राय यादव, बद्री मण्डल, हृदयेश त्रिपाठी, श्रीमननारायण लगायत नेताहरू विभिन्न पार्टीमा छन् । 

कतिपयले पार्टीकै नेतृत्व गरेका छन् । तर तिनले अपवादबाहेक गजेन्द्रनारायण सिंहको आदर्श र विचारलाई सम्बोधन नगरेको वरिष्ठ पत्रकार सीताराम अग्रहरी बताउँछन् । उनी भन्छन्, ‘मधेसमा गजेन्द्रनारायण सिंहको छत्रछायामा थुप्रै नेताले काम गरे तर उहाँको निधनपछि सबैले बिर्से ।’ 

गजेन्द्रनारायण सिंहले जे जति मुद्दा उठाएका थिए, ती मुद्दा आज पनि जीवित छन् । मुद्दा जीवित भए पनि गजेन्द्रनारायण सिंहको पहिचान समाप्त भएको पत्रकार अग्रहरीको बुझाइ छ ।

नेपाली काँग्रेसमा बीपी कोइराला, गणेशमान सिंहलाई आदर्श मानिन्छ । नेकपामा मदन भण्डारी, पुष्पलाललाई आदर्श मानिन्छ । तर मधेसवादी दल जहाँ गजेन्द्रनारायण सिंहका अनुयायीहरुको हालीमुहाली छ, ती दलमा पनि गजेन्द्रनारायणलाई आदर्शको रूपमा लिइएको छैन । 

जसपा नेपालका केन्द्रीय सदस्य विक्की यादवले गजेन्द्रनारायण सिंह मधेसी जनताको हृदयमा बास गरे पनि राजनीतिक रूपमा उनको सम्मान हुन नसकेको स्वीकार्छन् । मधेसको राजनीतिमा गजेन्द्रनारायण सिंहको योगदानलाई कदापि बिर्सिन नसकिने उनको भनाइ छ ।

ने, ‘गजेन्द्रनारायण सिंहको पहिलो एजेण्डा संघीयता पूरा भएको छ । तर, उहाँले माग गर्नुभएको स्वायत्ततासहितको संघीयता आएको छैन ।’ 

गजेन्द्रनारायण सिंह नै यस्ता नेता थिए, जसले धोती कुर्ता लगाउने पनि नेपाली नै हो भन्ने बुझाउन निकै संघर्ष गरे । धोती कुर्ता लगाएर सदनमा जाँदा उनी अपमानित पनि भएका थिए । तैपनि उनले धोती कुर्तालाई कहिल्यै छाडेनन् । उनले मधेसका लागि संघर्ष गरे पनि नेपालप्रतिको मायामा कहिल्यै कमी ल्याउन नदिएको पत्रकार अग्रहरी बताउँछन् । 

लोसपाका नेता मनिष मिश्र भन्छन्, ‘गजेन्द्रनारायण सिंह दूरदर्शी नेता हुनुहुन्थ्यो । उहाँको निधन भए पनि उहाँले दिनुभएको विचार, हिँड्नुभएको बाटो, गर्नुभएको कर्तव्य सधैँ जीवित रहनेछ ।’ 

निरङ्कुश शासनकालमा उठाएको पहिचान, संघीयता, समावेशीताका मुद्दाहरू आज पनि उस्तै आवश्यक रहेको बताउँदै उनले गजेन्द्रनारायण सिंहले उठाएको मुद्दाकै आधारमा मधेसको राजनीतिक अगाडि बढेको बताए । मधेसका अधिकांश नेताहरूले गजेन्द्रनारायण सिंहको आदर्श र विचारलाई आत्मसात् गरेको उनले दाबी गरे । 

लोसपाकै अर्का नेता सन्तोष मेहताले २०४६ मा सद्भावना परिषद्लाई नेपाल सद्भावना पार्टीमा परिणत गरेपछि गजेन्द्रनारायण सिंहले नेपालमा असमानता, विभेद विरुद्धको आन्दोलनलाई अगाडि बढाएका थिए । 

नेपालमा बसोबास गर्ने विभिन्न समुदाय र क्षेत्रलाई अधिकार सम्पन्न बनाउन स्वायत्तता सहितको संघीयता, राज्यमा सबै जात, वर्ग र समुदायको पहुँचका लागि समावेशी र सबैको सांस्कृतिक पहिचानको विषयलाई प्रमुखताका साथ उठाएका थिए । मधेसलाई एकीकृत गर्न हिन्दी भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्नेमा गजेन्द्रनारायण सिंहको सबैभन्दा बढी जोड थियो ।

नेता मेहताले भने, ‘गजेन्द्रनारायण सिंहको पहिलो एजेण्डा संघीयता पूरा भएको छ । तर, उहाँले माग गर्नुभएको स्वायत्ततासहितको संघीयता आएको छैन ।’ 

नेपालमा संघीयता ल्याउनुको मुख्य श्रेय सिंह जाने मेहताको दाबी छ । गजेन्द्रनारायण सिंहले उठाएको समावेशिताका मान्यता पनि स्थापित भयो तर हरेक समुदायले त्यसको अनुभूति गर्न नपाएको उनको बुझाई छ । हिन्दी भाषाले मधेसलाई जोडेको छ तर अझै मान्यता पाउन नसकेको मेहता बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

एसके यादव
एसके यादव
लेखकबाट थप