बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

टिजरमा यस्तो देखियो अजय देवगनको ‘भोला’

मङ्गलबार, १० माघ २०७९, २० : २०
मङ्गलबार, १० माघ २०७९

मुम्बई । बलिउड सुपरस्टार अजय देवगन पछिल्लो समय फिल्म ‘भोला’का कारण चर्चामा छन् । निर्माण युनिटले फिल्मको हालै दोस्रो टिजर सार्वजनिक गरेको छ । टिजरमा अजय देवगनको एक्सन, ड्रामा र साहस देख्न सकिन्छ । फिल्मको पहिलो टिजर गतवर्षको नोभेम्बर २२ मा रिलिज भएको थियो ।

‘भोला’ एक्सन, ड्रामा र साहसिक फिल्म हो । फिल्ममा अभिनेता अजय देवगन कैदी छन्, भने तब्बु प्रहरी अफिसरको भूमिकामा छिन् । फिल्ममा अजयको उत्कृष्ट एक्सन रहेको बताइन्छ ।

फिल्म ३० मार्च २०२३ मा रिलिज हुँदैछ । फिल्ममा अजयले अभिनेताको अलवा निर्देशकको जिम्मेवारी समेत गरेका छन् । अजयको निर्देशन रहेको यो चौथो फिल्म हो, यसअघि अजयले ‘यू मी और हम’, ‘शिवाय’, ‘रनवे ३४’ जस्ता फिल्मको निर्देशन गरेका थिए ।

भोला तमिल फिल्म ‘कैथी’ को हिन्दी रिमेक हो । फिल्ममा साउथ सुपरस्टार कार्ती शिवकुमारको मुख्य भुमिका थियो । लोकेश कनागराजको निर्देशन रहेको फिल्म सन् २०१९ मा आएको थियो । यो फिल्म दर्शकले निकै रुचाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप