‘भारत–पाकिस्तान आणविक युद्धको धेरै नजिक थिए,’ पूर्व अमेरिकी विदेशमन्त्री
अमेरिकाका पूर्व विदेशमन्त्री माइक पोम्पिओले फेब्रुअरी २०१९ मा भारतको बालाकोटमा गरेको सर्जिकल स्ट्राइकपछि पाकिस्तानले भारतमाथि आणविक आक्रमणको तयारी गरिरहेको दाबी गरेका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार ट्रम्प प्रशासनका पूर्व अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आफ्नो पुस्तक ‘नेभर गिभ एन इन्चः फाइटिंग फर अमेरिका आई लभ’ मा लेखेका छन् कि उनलाई तत्कालीन विदेश मन्त्री सुष्मा स्वराजले जानकारी दिएकी थिइन् ।
उनले भने, ‘जब यो घटना २०१९ मा फेब्रुअरी २७–२८ मा भएको थियो, म अमेरिका–उत्तर कोरिया शिखर वार्ताका लागि हनोई गएको थिएँ । त्यसपछि हाम्रो टोलीले भारत र पाकिस्तानसँग कुराकानी गरेको थियो ।’
माइक पोम्पिओले भनेका थिए, ‘मलाई लाग्दैन कि भारत र पाकिस्तानबीचको युद्ध आणविक आक्रमणमा कति नजिक आएको थियो भन्ने विश्वलाई थाहा छ ।’
फेब्रुअरी २०१९ मा, कश्मीरको पुलवामामा चरमपन्थी हमलामा ४० सीआरपीएफ जवानको मृत्यु भएको थियो । त्यसपछि भारतले बालाकोटमा सर्जिकल स्ट्राइक गरेको थियो ।
माइक पोम्पेओले पुस्तकमा लेखे अनुसार उनी भियतनाममा भएको त्यो रात कहिल्यै बिर्सन सक्दैनन् ।
उनले लेखेका छन्, ‘म हनोईको त्यो रात कहिल्यै बिर्सने छैन, यस्तो लागिरहेको थियो कि उत्तर कोरियासँग परमाणु हतियारमा कुराकानी गर्नु हाम्रो लागि पर्यात थिएन । भारत–पाकिस्ताले एक–अर्कालाई धम्की दिइरहेका थिए ।’
उनले लेखेका छन्, ‘भारतका तत्कालीन विदेशमन्त्रीले मलाई पाकिस्तानले आणविक आक्रमणको तयारी गरिरहेको कुरामा आफू विश्वस्त रहेको बताएकी थिइन् ।’
पोम्पिओले भारतमा आफूलाई चिनेका एक भित्री व्यक्तिले भारतले पनि आफ्नो तयारी विस्तार गर्ने बारे विचार गरिरहेको बताएको बताएका थिए ।
उनले भने, ‘मैले उनलाई अहिले केही नगर्न र यो मामिलालाई सुल्झाउनका लागि हामीलाई केही समय दिन आग्रह गरेको थिएँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण