बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कलाकार संघले ३ विशिष्ट व्यक्तित्वलाई मानार्थ सदस्यता दिने

बुधबार, ११ माघ २०७९, १६ : ५४
बुधबार, ११ माघ २०७९

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघले वरिष्ठ अधिवक्ता साहित्यकार संविधानविद् तथा गीतकार भिर्माजुन आचार्य, दन्त विशेषज्ञ डा.सुवास घिमिरे र समाजसेवी डा.श्याम खड्कालाई संघको मानार्थ सदस्यता प्रदान गर्ने भएको छ ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष श्री रविन्द्र खड्काको अध्यक्षतामा मिति २०७९ पौष ५ गते वसेको बैठकले सो निर्णय गरेको हो । संघले विधानको परिच्छेद ३ को २ (क) अनुसार चलचित्र क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष योगदान पुर्याउनु ३ जना विशिष्ट व्यक्तित्वलाई संघको मानार्थ सदस्यता प्रदान गर्ने निर्णय गरेको बुधबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

संघले यस अगाडि पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा आ–आफ्नो विधामा ख्याति कमाएका र नेपाली चलचित्र क्षेत्रका लागि योगदान पुर्याएका विशिष्ट ब्यक्तित्वहरुलाई मानार्थ सदस्यता प्रदान गर्दै आएको छ  ।

2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप