कलाकार संघले ३ विशिष्ट व्यक्तित्वलाई मानार्थ सदस्यता दिने
काठमाडौँ । नेपाल चलचित्र कलाकार संघले वरिष्ठ अधिवक्ता साहित्यकार संविधानविद् तथा गीतकार भिर्माजुन आचार्य, दन्त विशेषज्ञ डा.सुवास घिमिरे र समाजसेवी डा.श्याम खड्कालाई संघको मानार्थ सदस्यता प्रदान गर्ने भएको छ ।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष श्री रविन्द्र खड्काको अध्यक्षतामा मिति २०७९ पौष ५ गते वसेको बैठकले सो निर्णय गरेको हो । संघले विधानको परिच्छेद ३ को २ (क) अनुसार चलचित्र क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष योगदान पुर्याउनु ३ जना विशिष्ट व्यक्तित्वलाई संघको मानार्थ सदस्यता प्रदान गर्ने निर्णय गरेको बुधबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
संघले यस अगाडि पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा आ–आफ्नो विधामा ख्याति कमाएका र नेपाली चलचित्र क्षेत्रका लागि योगदान पुर्याएका विशिष्ट ब्यक्तित्वहरुलाई मानार्थ सदस्यता प्रदान गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण