कर्णालीमा यस्तो बन्यो मुख्यमन्त्री शर्माको टीम
सुर्खेत । कर्णाली प्रदेशमा राजकुमार शर्मा नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शर्माले बुधबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । जसअनुसार भौतिक पूर्वाधार , ऊर्जा तथा जलस्रोत मन्त्रीमा मुगुका मंगलबहादुर शाही, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा सुर्खेतका कृष्णबहादुर जिसी ‘जितेन्द्र’, भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रीमा सल्यानका भीम प्रकाश शर्मा नियुक्त भएका छन् ।
उनीहरु तीनै जना नेकपा माओवादी केन्द्रका हुन् । शाही मुगु (ख) र जिसी सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित भएका हुन् । यता एमालेबाट भने आर्थिक मामिला तथा योजना मन्त्रीमा विनोदकुमार शाह, सामाजिक विकास मन्त्रीमा टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा जीतबहादुर मल्ल नियुक्त भएका छन् । शाह दैलेख क्षेत्र नम्बर २ (ख), पछाई जुम्ला (ख) र मल्ल मुगु (क) बाट निर्वाचित भएका हुन् ।
यसअघि ८ सदस्यीय मन्त्रिपरिषद् रहेको कर्णालीमा एउटा मन्त्रालय घटाएर ७ सदस्यीय बनाइएको हो । मुख्यमन्त्री शर्माले साढे दुई वर्ष सरकारको नेतृत्व गर्ने छन् भने त्यसपछि एमालेका यामलाल कँडेल मुख्यमन्त्री बन्ने समयझदारी छ । शर्मा मुख्यमन्त्रीमा नियुक्त हुनुभन्दा पहिला आलो–पालोको सहमति भएको बताइएको छ । ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा आचार्य नियुक्त
-
केप भर्डेका प्रशिक्षकको चेतावनी–हामी अर्जेन्टिनालाई ‘घायल’ बनाउन सक्छौँ
-
खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक
-
बर्ड फ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा
-
‘दर्शकहरू समसामयिक र आफूसँग मिल्दो विषयमा बढी हाँस्छन्’
-
४१ वर्षको उमेरमा रोनाल्डोको नयाँ कीर्तिमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
