बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कर्णालीमा यस्तो बन्यो मुख्यमन्त्री शर्माको टीम

बुधबार, ११ माघ २०७९, १७ : २४
बुधबार, ११ माघ २०७९

सुर्खेत । कर्णाली प्रदेशमा राजकुमार शर्मा नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शर्माले बुधबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । जसअनुसार भौतिक पूर्वाधार , ऊर्जा तथा जलस्रोत मन्त्रीमा मुगुका मंगलबहादुर शाही, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा सुर्खेतका कृष्णबहादुर जिसी ‘जितेन्द्र’, भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रीमा सल्यानका भीम प्रकाश शर्मा नियुक्त भएका छन् ।

 उनीहरु तीनै जना नेकपा माओवादी केन्द्रका हुन् । शाही मुगु (ख) र जिसी सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित भएका हुन् ।  यता एमालेबाट भने आर्थिक मामिला तथा योजना मन्त्रीमा विनोदकुमार शाह, सामाजिक विकास मन्त्रीमा टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा जीतबहादुर मल्ल नियुक्त भएका छन् ।  शाह दैलेख क्षेत्र नम्बर २ (ख), पछाई जुम्ला (ख) र मल्ल मुगु (क) बाट निर्वाचित भएका हुन् । 

यसअघि ८ सदस्यीय मन्त्रिपरिषद् रहेको कर्णालीमा एउटा मन्त्रालय घटाएर ७ सदस्यीय बनाइएको हो ।   मुख्यमन्त्री शर्माले साढे दुई वर्ष सरकारको नेतृत्व गर्ने छन् भने त्यसपछि एमालेका यामलाल कँडेल मुख्यमन्त्री बन्ने समयझदारी छ ।  शर्मा मुख्यमन्त्रीमा नियुक्त हुनुभन्दा पहिला आलो–पालोको सहमति भएको बताइएको छ ।  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप