कच्चा पदार्थ र तयारी वस्तुको भन्सारदरमा दुई तहको फरक गर्न परिसंघको माग
काठमाडौं । नेपाल उद्योग परिसंघले आयातित तयारी वस्तु र कच्चा पदार्थको भन्सार दर कम्तीमा दुई तहको फरक गर्न आग्रह गरेको छ ।
७१औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर बुधबार परिसंघमा आयोजित अन्तरक्रियामा परिसंघका कार्यवाहक अध्यक्ष राजेश अग्रवालले आयात हुने तयारी वस्तु तथा सो तयारी वस्तु बनाउन प्रयोग हुने कच्चा पदार्थको भन्सार दरमा कम्तीमा दुई तहको फरक बनाउनुपर्ने बताए ।
हाल एक तहको फरक हुने गरेकोमा सो सरकारी नीतिलाई दुई तहमा वा कम्तीमा १० प्रतिशतको अन्तर हुने गरी प्रभावकारी रूपमा कार्यान्वयन गरिनुपर्ने उनले माग गरे ।
आत्मनिर्भर भइसकेका तथा आत्मनिर्भर उन्मुख वस्तुहरूको आयात निरुत्साहन गरिनुपर्नेमा जोड दिँदै उनले ग्रिन च्यानलबाट पैठारी हुने वस्तुहरूको संख्या बढाउँदै लैजान पनि समेत बताए ।
अर्थ मन्त्रालयका राजश्व सचिव डा. रामप्रसाद घिमिरे र भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाको उपस्थितिमा आयोजित अन्तरक्रियामा परिसंघ राजश्व समिति सभापति राहुल अग्रवालले भन्सार सन्दर्भ पुस्तिकामा सुधार ल्याउन समेत आग्रह गरे ।
सन्दर्भ पुस्तिकाका कारण अधिक बिजकीकरण र न्यून बिजकीकरणलाई प्रोत्साहित गरिरहेको उनले बताए । बिल बिजक मूल्यलाई मान्यता दिने तर सन्दर्भ पुस्तिकाको मूल्यलाई आधार मान्ने अभ्यासले मिसम्याच भैरहेको उनले बताए ।
वस्तुको मूल्य र आयातकर्ताको विवरण नखुलेको सामान निर्बाध आयात भइरहेकोतर्फ ध्यानाकर्षण गराउँदै उनले भन्सारमा कडाइ गर्न समेत सरकारलाई विशेष आग्रह गरेका छन् ।
परिसंघले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न सरकारी निकायहरूमा नेपाली उत्पादन प्रयोग गराउन पनि आग्रह गरेको छ । यस्तै चोरी पैठारी नियन्त्रण गर्न, सार्वजनिक बिदाको दिन अन्य दिन जस्तै नियमित पूर्ण रूपमा काम गराउन, भन्सार जाँच पास पछि पनि मालवाहक गाडी पुनः चेकजाँच गर्ने परिपाटी कम गर्न पनि परिसंघले आग्रह गरेको छ ।
सो अवसरमा राजश्व सचिव डा. रामप्रसाद घिमिरेले कारोबारमा आधारित अर्थतन्त्रबाट उत्पादनमा आधारित अर्थतन्त्रतर्फ जानै पर्ने बताए । औद्योगिकरणको प्रवर्द्धन गर्न उत्पादन बढाउनुको विकल्प नभएको बताउँदै त्यसका लागि सरकारले सहजीकरण गर्ने प्रतिबद्धता जाहेर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण