शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रातोपाटीकर्मी आचार्यलाई पितृशोक

शुक्रबार, १३ माघ २०७९, ०७ : ४३
शुक्रबार, १३ माघ २०७९

काठमाडौं । रातोपाटी डटकमका वरिष्ठ उपसम्पादक सुदर्शन आचार्यलाई पितृशोक परेको छ । आचार्यका बुबा ऋषिराम आचार्यको बिहीबार निधन भएको हो । रक्तचाप र मधुमेहका बिरामी ७२ वर्षीय आचार्यको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा निधन भएको हो । 

सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर ९ स्थायी निवासी स्वर्गीय आचार्यको श्रीमती, एक छोरा र तीन छोरी छन् ।  आचार्यको बिहीबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

रातोपाटी परिवार ऋषिराम आचार्यको निधनप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारमा  समवेदना प्रकट गर्दछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप