रातोपाटीकर्मी आचार्यलाई पितृशोक
शुक्रबार, १३ माघ २०७९, ०७ : ४३
काठमाडौं । रातोपाटी डटकमका वरिष्ठ उपसम्पादक सुदर्शन आचार्यलाई पितृशोक परेको छ । आचार्यका बुबा ऋषिराम आचार्यको बिहीबार निधन भएको हो । रक्तचाप र मधुमेहका बिरामी ७२ वर्षीय आचार्यको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा निधन भएको हो ।
सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर ९ स्थायी निवासी स्वर्गीय आचार्यको श्रीमती, एक छोरा र तीन छोरी छन् । आचार्यको बिहीबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
रातोपाटी परिवार ऋषिराम आचार्यको निधनप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारमा समवेदना प्रकट गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण