माओवादी स्थायी समिति बैठक : राष्ट्रपतिबारे राष्ट्रिय सहमतिमा जोड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्यहरुले राष्ट्रपति चयनका सवालमा सकभर राष्ट्रिय सहमति हुनुपर्ने धारणा राखेका छन् । शुक्रबार बोल्ने अधिकांश सदस्यहरुले राष्ट्रपतिका सवालमा राष्ट्रिय सहमतिमा जोड दिएको उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले बैठकपछि जानकारी दिए ।
‘राष्ट्रपतिका विषयमा राष्ट्रिय सहमति कायम गर्ने मुलभूत रुपमा धेरै कमरेडहरुको आवाज आएको छ’, महराको भनाइ छ । तर उनले यसबारे निर्णय भने भैनसकेको बताए । उनले राष्ट्रिय सहमति हुने नहुने बेग्लै कुरा भएपनि आफ्नो पार्टीको मत राष्ट्रिय सहमतिमै रहेको बताए । त्यसक्रममा अरु पार्टीसँग गर्ने पहल पनि बाँकी नै रहेको उनकाे भनाइ छ ।
उनले राष्ट्रपतिको चुनाव फागुन २६ देखि २८ भित्र हुने बताए । बैठकमा पार्टी एकताबारे नेसपा, विप्लव नेतृत्वको नेकपासँग वार्ता चलिरहे पनि निष्कर्षमा पुग्न नसकिएको उनकाे भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण