शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
राजनीति

माओवादी स्थायी समिति बैठक : राष्ट्रपतिबारे राष्ट्रिय सहमतिमा जोड

शुक्रबार, १३ माघ २०७९, १८ : ४४
शुक्रबार, १३ माघ २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्यहरुले राष्ट्रपति चयनका सवालमा सकभर राष्ट्रिय सहमति हुनुपर्ने धारणा राखेका छन् । शुक्रबार बोल्ने अधिकांश सदस्यहरुले राष्ट्रपतिका सवालमा राष्ट्रिय सहमतिमा जोड दिएको उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले बैठकपछि जानकारी दिए । 

‘राष्ट्रपतिका विषयमा राष्ट्रिय सहमति कायम गर्ने मुलभूत रुपमा धेरै कमरेडहरुको आवाज आएको छ’, महराको भनाइ छ । तर उनले यसबारे निर्णय भने भैनसकेको बताए । उनले राष्ट्रिय सहमति हुने नहुने बेग्लै कुरा भएपनि आफ्नो पार्टीको मत राष्ट्रिय सहमतिमै रहेको बताए । त्यसक्रममा अरु पार्टीसँग गर्ने पहल पनि बाँकी नै रहेको उनकाे भनाइ छ । 

उनले राष्ट्रपतिको चुनाव फागुन २६ देखि २८ भित्र हुने बताए । बैठकमा पार्टी एकताबारे नेसपा, विप्लव नेतृत्वको नेकपासँग वार्ता चलिरहे पनि निष्कर्षमा पुग्न नसकिएको उनकाे भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप