माओवादी बैठक : अन्तर्घातीलाई कारबाही गर्न छानबिन समितिको प्रस्ताव
काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनलगायत समसामयिक विषयमाथि छलफल भइरहेको छ ।
निर्वाचन समीक्षा र वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गर्न बोलाइएको माओवादी बैठकको पहिलो दिन अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाबारे ‘ब्रिफिङ’ गरेका थिए । दोस्रो दिनको बैठकमा गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीभित्र असहयोग र अन्तर्घात गर्नेहरुमाथि छानबिन समिति बनाएर छानबिन गर्नुपर्ने प्रस्ताव नेताहरुले गरेका छन् ।
‘चुनावी समीक्षाका क्रममा केही नेताहरुले अन्तरघातीहरुलाई कारबाही गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ’, एक स्थायी समिति सदस्यले रातोपाटीसँग भने, ‘यो लगायत विभिन्न विषयमा छलफल भइरहेको छ ।’ यसअघि माओवादी केन्द्रले नेता टंक राईको संयोजकत्वमा गठन गरेको छानबिन समिति त्यसै सेलाएको थियो ।
बैठकमा उपाध्यक्ष तथा पार्टी एकताका लागि गठित कार्यदलका संयोजक कृष्णबहादुर महराले पछिल्लो प्रगतिबारे जानकारी गराएका छन् । माओवादीले नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायतका कम्युनिस्ट पार्टीहरुसँग एकताका लागि संवाद गरिरहेको छ । बाबुराम भट्टराई नेतृत्वको नेसपासँग पार्टी एकता गर्ने सहमति गरिसकेको माओवादीले नेकपा एस, विप्लव लगायतका दलहरुसँग संवाद भइरहेको जनाएको छ ।
यो बाहेक बैठकमा पार्टीका विभिन्न विभागहरूलाई पूर्णता दिने, संगठन सुदृढीकरण र विस्तारलगायतको विषयमा छलफल जारी रहेको नेताहरुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण