उत्तर साटासाट गरेर लोक सेवाको परीक्षा दिने २ जनालाई कारवाही
शुक्रबार, १३ माघ २०७९, १७ : २३
काठमाडौँ । लोकसेवा आयोगले एक अर्काबाट उत्तर साटासाट गर्ने २ जना परीक्षार्थीलाई कारवाही गरेको छ । खरिदार वा सो सरह पदको ३० पुस २०७९ मा लोक सेवाले लिएको परीक्षामा सहभागी भई उत्तर पुस्तिका एक आपसमा साटेर उत्तर सारेर लेखेको भन्दै आयोगले कारवाही गरेको हो ।
जयप्रकाश यादव र राजनारायण रायको उक्त विज्ञापनसँग सम्बन्धित उत्तरपुस्तिकाहरू रद्द गरिएको आयोगले जनाएको छ । साथै उनीहरूमध्ये यादवलाई २ वर्ष र रायलाई १ वर्ष परीक्षा दिन नपाउने गरी कारवाही गरेको छ ।
आयोगले लोक सेवा आयोग ऐन, २०७९ को दफा ४०(१) (क) बमोजिम कसुर गरेको प्रमाणित भएकाले सोही आधारमा कारवाही गरेको आयोजनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण