विधायन व्यवस्थापन समितिको बैठक : ‘कार्य परामर्श उपसमिति गठन’
काठमाडौं । संघीय संसद्, राष्ट्रियसभा विधायन व्यवस्थापन समितिले ‘कार्य परामर्श उपसमिति’ गठन गरेको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा आज भएको बैठकले समितिका सभापति डा बेदुराम भुसालको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको हो ।
उपसमितिमा सांसदहरू अनिता देवकोटा, प्रमिला कुमारी, भैरवसुन्दर श्रेष्ठ र गङ्गाकुमारी बेल्वासे सदस्य रहेका छन् । त्यसैगरी बैठकले देवेन्द्र दाहाल संयोजक रहेको पाँच सदस्यीय ‘समितिका निर्देशन, सुझाव कार्यान्वयनको अवस्था अध्ययन अनुगमन उपसमिति’ बाट सांसद अनिता देवकोटालाई हटाएर सदस्यमा सांसद जितेन्द्र देव र तारामान स्वाँरलाई राख्ने निर्णय गरेको छ । ‘संविधानअनुसार बन्न बाँकी कानून पहिचान’ उपसमितिमा संयोजकको जिम्मेवारी अनिता देवकोटालाई दिइएको छ ।
सो उपसमितिका संयोजक विमला राई पौडेल नेपाल सरकारको परराष्ट्रमन्त्री भएपछि राष्ट्रियसभा विनियमावलीको नियम १५१ को उपनियम ४ खण्ड (ख) अनुसार मन्त्री भएपछि समितिको सदस्य नरहने व्यवस्थाअनुसार सांसद देवकोटालाई उपसमितिको संंयोजकको जिम्मेवारी दिइएको हो । सो उपसमितिको सदस्यमा उदयबहादुर बोहरा, भैरवसुन्दर श्रेष्ठ, सुरेशकुमार आलेमगर, भगवती न्यौपाने र राधेश्याम पासवान छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण