अन्तर्राष्ट्रिय टेनिस सोमबारदेखि
काठमाडौं । नेपाल टेनिस संघको आयोजनामा जे ६० काठमाडौं आईटीएफ जुनियर टेनिस च्याम्पियनसिअन्तर्गत सर्किट– १ सोमबारदेखि हुने भएको छ ।
यु–१८ उमेरसमूहको प्रतियोगितामा ब्वाइजतर्फ ८ तथा गल्र्समा ७ राष्ट्रको सहभागिता रहने आयोजक संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् । ब्वाइज/गल्र्समा दुवैमा समान ६४–६४ खेलाडी रहेकाले दुवै समूहमा समान ३२–३२ खेलाडीको ‘मेन ड्र’ का लागि शनिबार र आइतबार छनोट खेल खेलाइने छ ।
छनोटको ब्वाइजमा नेपालबाट ९, भियतनाम, चाइनिज ताइपेइ, चीन र दक्षिण कोरियाबाट समान ३–३, अमेरिका र हङकङबाट समान २–२ तथा भारतबाट ३९ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । गल्र्समा नेपालबाट ९, हङकङ, बेल्जियम, रुस र थाइल्यान्डबाट १–१, मंगोलियाबाट २ र भारतबाट ४९ खेलाडी सहभागी हुने छन् ।
प्रतियोगिताअन्तर्गत सर्किट– २ फेब्रुअरी ६ देखि ११ तारिखसम्म हुनेछ । खेलहरु सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब १२ लाख खर्च हुने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण