शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय टेनिस सोमबारदेखि

शुक्रबार, १३ माघ २०७९, १९ : ५५
शुक्रबार, १३ माघ २०७९

काठमाडौं । नेपाल टेनिस संघको आयोजनामा जे ६० काठमाडौं आईटीएफ जुनियर टेनिस च्याम्पियनसिअन्तर्गत सर्किट– १ सोमबारदेखि हुने भएको छ ।

यु–१८ उमेरसमूहको प्रतियोगितामा ब्वाइजतर्फ ८ तथा गल्र्समा ७ राष्ट्रको सहभागिता रहने आयोजक संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् । ब्वाइज/गल्र्समा दुवैमा समान ६४–६४ खेलाडी रहेकाले दुवै समूहमा समान ३२–३२ खेलाडीको ‘मेन ड्र’ का लागि शनिबार र आइतबार छनोट खेल खेलाइने छ ।

छनोटको ब्वाइजमा नेपालबाट ९, भियतनाम, चाइनिज ताइपेइ, चीन र दक्षिण कोरियाबाट समान ३–३, अमेरिका र हङकङबाट समान २–२ तथा भारतबाट ३९ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । गल्र्समा नेपालबाट ९, हङकङ, बेल्जियम, रुस र थाइल्यान्डबाट १–१, मंगोलियाबाट २ र भारतबाट ४९ खेलाडी सहभागी हुने छन् ।

प्रतियोगिताअन्तर्गत सर्किट– २ फेब्रुअरी ६ देखि ११ तारिखसम्म हुनेछ । खेलहरु सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब १२ लाख खर्च हुने आयोजकले जनाएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप