बैंकहरुको मनोमानीविरुद्ध सोमबारदेखि आन्दोलनमा उत्रँदै व्यवसायी
काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकहरुको मनोमानी विरुद्ध आन्दोलन घोषणा गरेको छ । शुक्रबार बसेको व्यवसायी महासंघको बैठकले वर्तमान मुलुकको चुनौतीपूर्ण अर्थतन्त्र तथा बैंकहरुले उद्योगी व्यवसायीहरूलाई गर्दै आएको अपमान प्रति आपत्ति जनाउँदै बैंकविरुद्ध आन्दोलन घोषणा गरेको हो ।
महासंघले मुलुकको अर्थतन्त्रको मेरुदण्डकोरुपमा उभिएका उद्योगी व्यवसायी माथि राज्यले सधैँ अवहेलना गरेको आरोप लगाएको छ । त्यस्तै, बैंकहरुले लिने चर्को ब्याजदर, कालोसूचीमा उद्योगी व्यवसायीहरुको नामकरण तथा धितोलिलामी गरी व्यवसायीहरू दिनप्रति दिन आत्महत्या र आत्मदाह गर्न बाध्य पार्ने कामको भ्रत्र्सना गर्दै शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको हो ।
महासंघका अध्यक्ष कुमार कार्कीले सरकारले मध्यम वर्गका उद्योगी व्यवसायीहरू प्रति लिने नीति व्यवसायी मैत्री नभएको तथा बैंकहरुले उद्योगी व्यवसायीहरूलाई अवहेलना गरेको बताए । उनले राज्यको नीति र बैंकहरुको मनोमानीको कारण व्यवसायीहरूले दैनिक आत्महत्या गर्न थालेको बताए । उनले राज्य र बैंकहरुले व्यवसायीहरू माथि गरेको ज्यादतीको विरुद्ध शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण