बैंकहरुको मनोमानीविरुद्ध सोमबारदेखि आन्दोलनमा उत्रँदै व्यवसायी

काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकहरुको मनोमानी विरुद्ध आन्दोलन घोषणा गरेको छ । शुक्रबार बसेको व्यवसायी महासंघको बैठकले वर्तमान मुलुकको चुनौतीपूर्ण अर्थतन्त्र तथा बैंकहरुले उद्योगी व्यवसायीहरूलाई गर्दै आएको अपमान प्रति आपत्ति जनाउँदै बैंकविरुद्ध आन्दोलन घोषणा गरेको हो ।
महासंघले मुलुकको अर्थतन्त्रको मेरुदण्डकोरुपमा उभिएका उद्योगी व्यवसायी माथि राज्यले सधैँ अवहेलना गरेको आरोप लगाएको छ । त्यस्तै, बैंकहरुले लिने चर्को ब्याजदर, कालोसूचीमा उद्योगी व्यवसायीहरुको नामकरण तथा धितोलिलामी गरी व्यवसायीहरू दिनप्रति दिन आत्महत्या र आत्मदाह गर्न बाध्य पार्ने कामको भ्रत्र्सना गर्दै शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको हो ।
महासंघका अध्यक्ष कुमार कार्कीले सरकारले मध्यम वर्गका उद्योगी व्यवसायीहरू प्रति लिने नीति व्यवसायी मैत्री नभएको तथा बैंकहरुले उद्योगी व्यवसायीहरूलाई अवहेलना गरेको बताए । उनले राज्यको नीति र बैंकहरुको मनोमानीको कारण व्यवसायीहरूले दैनिक आत्महत्या गर्न थालेको बताए । उनले राज्य र बैंकहरुले व्यवसायीहरू माथि गरेको ज्यादतीको विरुद्ध शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महेश बर्तौलालाई प्रश्न– केपी ओलीलाई खुसी पार्ने तपाईंसँग त्यस्तो के कला छ ?
-
जिप दुर्घटना हुँदा दुई जना घाइते
-
हेटौँडामा ‘प्रदेश स्पोर्टस अवार्ड’ : ८ विधाका १२ जना पुरस्कृत हुने
-
नेपालका पूर्वी र मध्य क्षेत्रमा एकैपटक गयो बिजुली, के हाे कारण ?
-
निर्मला पन्त प्रकरण : पत्रकार खेम भण्डारीलाई एक महिना कैद, एक लाख क्षतिपूर्तिको सजाय
-
काठमाडौँबाट माइक्रो बस चोरी, धादिङबाट समातिए