उनी आफ्नै हुन् जस्तो लाग्छ
आँखा हेर्छु,
टिलपिल चुहिदै गरेका आँसु हेर्छु
मलिन अनुहार हेर्छु
पीडा भित्रको मौनता हेर्छु
अनि पो त
उनी आफ्नै हुन् जस्तो लाग्छ ।
रिसाएर गइन् जस्तो लाग्छ
दुःखमा साथ छाडे जस्तो लाग्छ
ऐना हेर्छु
मुहार मलिन लाग्छ
फर्केर मोबाइल हेर्छु
सन्देश बजे जस्तो लाग्छ ,
अनि पो त खुसी लाग्छ
उनी आफ्नै हुन् जस्तो लाग्छ ।
माघ लागे जस्तो लाग्छ
बाजा बजे जस्तै लाग्छ
उसको पनि घरमा कुरा चलेजस्तै लाग्छ
पल्लो गाउँको रामेलाई एक्लै देख्दा
उनी आफ्नै जस्तो लाग्छ ।
भोलि उनी अर्कैको हुन् जस्तै लाग्छ
अरुको अङ्गालोमा छिन् जस्तै लाग्छ
अन्तिम बिदाइको घडीमा
पुर्लुक्क हेरे जस्तै लाग्छ
आँखामा आँसु झार्दै
हातले बाई भने जस्तै लाग्छ
तै पनि उनी आफ्नै जस्तो लाग्छ ।
यसो मन लाग्छ
दया लाग्छ
पीर लाग्छ
अलिकति भएपनि
आफ्नो हुनु जस्तो लाग्छ
फेरि झसङ्ग सम्झन्छु
यो त सपना जस्तो लाग्छ,
विगत सम्झन्छु फेरि
उनी आफ्नै जस्तो लाग्छ ।
–गुल्मी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण