धुँवामा उडेका सपनाहरू
शनिबार, १४ माघ २०७९, ११ : ५४
खै आज आकाश
पनि धुम्म देख्दैछु ।
कहीँ कतै अनर्थ भो कि
एक्लै सोच्दैछु ।
वरपर छरछिमेकमा
हल्ला चलेछ ।
सेतीको खोचमा हेर
जहाज खसेछ ।
त्यतैबाट धुवाँको मुस्लो
आकाशतिर बढ्दै थियो
तर, मैले त्यो धुँवालाई
धुँवा देख्नै सकिन
त्यो त हजारौ सपनाहरु पो
धुँवा बनेर
पर क्षितिज चुम्न लम्कदै थिए ।
दोष कसलाई दिऊँ
यस्ता घटनाहरुमा
म सोच्दै थिएँ मौसम, नियति
वा मान्छेहरुलाई ?
कयौ सपनाहरु टुक्रिएछन्
सिसा फुटे सरी,
बूढी आमै भन्दै हुनुहुन्थ्यो
विचरा कठैबरी ।
नियतिको खेललाई
कसले पो रोक्न सक्छ र ?
यहाँ आउनु र जानुलाई खै
कसले पो रोक्न सक्छ र ?
यत्तिकैमा मेरा आँखा
रुझिसकेछन्
मनका भित्री कुनाबाट
श्रद्धान्जलीका शब्दहरु
निस्किसकेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण