धुँवामा उडेका सपनाहरू
शनिबार, १४ माघ २०७९, ११ : ५४

खै आज आकाश
पनि धुम्म देख्दैछु ।
कहीँ कतै अनर्थ भो कि
एक्लै सोच्दैछु ।
वरपर छरछिमेकमा
हल्ला चलेछ ।
सेतीको खोचमा हेर
जहाज खसेछ ।
त्यतैबाट धुवाँको मुस्लो
आकाशतिर बढ्दै थियो
तर, मैले त्यो धुँवालाई
धुँवा देख्नै सकिन
त्यो त हजारौ सपनाहरु पो
धुँवा बनेर
पर क्षितिज चुम्न लम्कदै थिए ।
दोष कसलाई दिऊँ
यस्ता घटनाहरुमा
म सोच्दै थिएँ मौसम, नियति
वा मान्छेहरुलाई ?
कयौ सपनाहरु टुक्रिएछन्
सिसा फुटे सरी,
बूढी आमै भन्दै हुनुहुन्थ्यो
विचरा कठैबरी ।
नियतिको खेललाई
कसले पो रोक्न सक्छ र ?
यहाँ आउनु र जानुलाई खै
कसले पो रोक्न सक्छ र ?
यत्तिकैमा मेरा आँखा
रुझिसकेछन्
मनका भित्री कुनाबाट
श्रद्धान्जलीका शब्दहरु
निस्किसकेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवा आयोगतर्फका वकिलको जिकिर : ५२ संवैधानिक नियुक्तिमध्ये पछिल्ला २० जनाको नियुक्ति वैध छ
-
न्याय परिषद् नियमावली संशोधन खारेज गर्न र घिमिरेको अवहेलना मुद्दा छिटो टुङ्गाउन बारको आग्रह
-
न्याय परिषद्ले माग्यो सबै न्यायाधीशसँग एक/एक वटा फैसलाको प्रमाणित प्रतिलिपि
-
अधिकार नहुँदा औद्योगिक विकास र उद्यमशीलता काममा समस्या भयो : मुख्यमन्त्री लामा
-
आपराधिक गतिविधि, तस्करी पूर्ण रूपमा नियन्त्रण गर्न निर्देशन
-
सहिद लक्ष्मी फुयाल स्मृति प्रतिष्ठानको भवन शिलान्यास