बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संविधानको कार्यान्वयन हेर्नका छुट्टै निकाय आवश्यक : पूर्वसभामुख ढुंगाना

शनिबार, १४ माघ २०७९, १७ : २५
शनिबार, १४ माघ २०७९

काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुंगानाले संविधान कार्यान्वयन भए/नभएको हेर्नका लागि एउटा छुट्टै निकाय बनाउन आवश्यक रहेको बताएका छन् । शनिबार काठमाडौँमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान बनाउने तर कार्यान्वयन नहुने समस्या भएको भन्दै संविधानको पूर्ण कार्यान्वयनका लागि संविधान कार्यान्वयन भए/नभएको हेर्ने छुट्टै निकाय बनाउन आवश्यक रहेको बताएका हुन् । 

उनले नेपालमा दूरदृष्टि राखेर संविधान निर्माण गर्न नसकिएको बताए । उनले भने, ‘संविधान युगौँयुगको लागि बनाइने हो, तर हामीलाई तत्कालको बेलामा एउटा सदस्यलाई मन्त्री बन्नबाट रोक्नको लागि बनाएका छौँ । संविधानमा दूरदृष्टि हुनुपर्छ, त्यो हाम्रोमा भइरहेको छैन, हामीले तात्कालिक कुरालाई रोक्नका लागि संविधान बनाएका छौँ । सबैलाई बाँध्नका लागि संविधान बनाउँदा कसैलाई पनि नबाँधिने संविधान भएको छ, अहिले संविधानले कसैलाई बाँधेको छैन । संविधानको कार्यान्वयन हेर्न एउटा उच्च निकाय बनाउन आवश्यक छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप