शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बसको ठक्करबाट स्याङ्जामा एक बृद्धको मृत्यु

शनिबार, १४ माघ २०७९, १९ : १४
शनिबार, १४ माघ २०७९

स्याङ्जा  । पुतलीबजार नगरपालिका-११ करेन्डाडाँमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  घरबाट बाहिर निस्किएका ७२ वर्षीय यमबहादुर जिटीको बसको ठक्करबाट घटनास्थलमा मृत्यु भएको प्रहरी निरीक्षक पदम थापाले बताए । 

सुनौलीबाट स्याङ्जा आउँदै गरेको ना४ख ३८२८ नम्बरको बसले उनलाई आफ्नै घर नजिकै ठक्कर दिएको हो । प्रहरीले सवारी साधन र चालकलाई नियन्त्रणमा लिएको छ । 

शव जिल्ला अस्पताल स्याङ्जामा राखिएको छ । दुर्घटनापछि आक्रोसित परिवार र स्थानीयले चार घण्टा सिद्धार्थ राजमार्ग अवरुद्ध गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप