पार्टी प्रवेशपछि एलिजा- ‘अब राजनीतिक क्रान्तिभन्दा पनि आर्थिक क्रान्ति’

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेसँगै मोडल तथा अभिनेत्री एलिजा धमलाले आफ्नो राजनीतिक यात्राको थालनी भएको बताएकी छन् । धमलाले आफू देश र जनताको सेवाको लागि राजनीतिमा आएको बताउँदै पार्टीको मूल उद्देश्य पुरा गर्नका लागि अहोरात्र खटिने प्रतिबद्धतासमेत व्यक्त गरेकी हुन् । उनले भनेकी छन्, ‘ समाज रूपान्तरणमा मेरो योगदान रहने विश्वास दिलाउन चाहन्छु । दिशाहीन तथा गतिहीन नेतृत्वका गलत आकांक्षा तथा गलत अभिप्रायका कारण नेपाली समाज तथा सामाजिक मान्यताहरू बन्धक रहँदै आउनुपर्ने अवस्थाको अन्त्य गर्न जरुरी छ ।’
धमलाले नयाँ पुस्तालाई राजनीतिक क्रान्ति भन्दा पनि आर्थिक क्रान्तिको जिम्मेवारी हस्तान्तरण गरेर दीर्घकालीन पथमा नेपाली समाजको प्रतिनिधित्व गर्ने आफूले परिकल्पना गरेको जिकिर गरेकी छन् । ‘हामी सामूहिक भावनाले अघि बढ्छौँ,’ उनले भनेकी छन् । चर्चित सञ्चारकर्मी ऋषि धमलाकी पत्नीसमेत रहेको उनले शनिबार एक कार्यक्रमबीच नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिवाद र कानुनी लडाईं लड्छाैँ : बेदुराम भुसाल
-
राजनीतिक प्रतिवाद र कानुनी लडाइँ लड्छौँ : बेदुराम भुसाल
-
गाजाबाट दुई बन्धकहरूको शव बरामद गरेको इजरायली सेनाको दाबी
-
प्रहरी प्रशासनको दाबी : ‘आरसीबीले हाम्रो सुझाव नमान्दा दुःखद घटना भयो’
-
‘अभिमन्यु’ भदौ २७ मा रिलिज हुने
-
माधव नेपालकाे बयान : सरोकारवाला मन्त्री र मुख्यसचिवले कानुनी बाटो देखाएपछि निर्णय भएको हुनुपर्छ