पार्टी प्रवेशपछि एलिजा- ‘अब राजनीतिक क्रान्तिभन्दा पनि आर्थिक क्रान्ति’
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेसँगै मोडल तथा अभिनेत्री एलिजा धमलाले आफ्नो राजनीतिक यात्राको थालनी भएको बताएकी छन् । धमलाले आफू देश र जनताको सेवाको लागि राजनीतिमा आएको बताउँदै पार्टीको मूल उद्देश्य पुरा गर्नका लागि अहोरात्र खटिने प्रतिबद्धतासमेत व्यक्त गरेकी हुन् । उनले भनेकी छन्, ‘ समाज रूपान्तरणमा मेरो योगदान रहने विश्वास दिलाउन चाहन्छु । दिशाहीन तथा गतिहीन नेतृत्वका गलत आकांक्षा तथा गलत अभिप्रायका कारण नेपाली समाज तथा सामाजिक मान्यताहरू बन्धक रहँदै आउनुपर्ने अवस्थाको अन्त्य गर्न जरुरी छ ।’
धमलाले नयाँ पुस्तालाई राजनीतिक क्रान्ति भन्दा पनि आर्थिक क्रान्तिको जिम्मेवारी हस्तान्तरण गरेर दीर्घकालीन पथमा नेपाली समाजको प्रतिनिधित्व गर्ने आफूले परिकल्पना गरेको जिकिर गरेकी छन् । ‘हामी सामूहिक भावनाले अघि बढ्छौँ,’ उनले भनेकी छन् । चर्चित सञ्चारकर्मी ऋषि धमलाकी पत्नीसमेत रहेको उनले शनिबार एक कार्यक्रमबीच नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
-
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण