पाकिस्तानमा दुर्घटना हुँदा १० बालबालिकासहित कम्तीमा ५० को मृत्यु
आइतबार पाकिस्तानमा दुई छुट्टा छुट्टै सडक दुर्घटनामा ५० जनाभन्दा बढीको मृत्यु भएको छ । पाकिस्तानको दक्षिण–पश्चिममा एउटा बस खाडलमा खस्दा आगलागी भएको थियो । उक्त दुर्घटनामा ४१ को मृत्यु भएको छ । यस्तै, उत्तर–पश्चिममा एउटा डुङ्गा दुर्घटनामा १० बालबालिकाको डुबेर मृत्यु भएको छ ।
पोखरीमा डुबेर मृत्यु हुनेहरु ७ देखि १४ वर्षका थिए । बस दुर्घटना स्थलमा स्थानीय अधिकारीले शवलाई चिन्न मुश्किल भइरहेको जानकारी दिएका छन् ।
उक्त दुर्घटना बोलोचिस्तान प्रान्तस्थित बेला शहर नजिकै भएको हो । बस कराँचीको पोर्ट सिटी जाँदै थियो ।
स्थानीय अधिकारी हुम्जा अन्जुमले एएफपी समाचार एजेन्सीसँगको कुराकानीमा ४० जनाको शव बरामद गरिएको जानकारी दिए । उनका अनुसार तीनजना घाइतेको उद्दार गरिएको थियो जसमध्ये एकजनाको केही समय पछि नै निधन भएको र अन्य दुईको अवस्था गम्भीर छ ।
दुर्घटना हुनु अघि उक्त बसले पुलको पिलरलाई हानेको बताइन्छ ।
‘दुर्घटनाको कारणबारे हामी अनुसन्धान गर्नेछौँ, ’ अन्जुमले भने, ‘शवको पहिचानका लागि डिएनए परीक्षण गरिनेछ ।’
स्थानीय प्रहरी अधिकारी मिर रउफले एएफपीसँगको कुराकानीमा भने, ‘मृत्यु भएका १० जनाका साथै ११ बालबालिकालाई उद्धार गरिएको छ जसमध्ये ६ जनाको अवस्था गम्भीर छ ।’
अन्य ९ जना बेपत्ता भएको अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण