शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गुफामा बसी चिसो छल्दै अफगानिस्तानी भूकम्प पीडित

आइतबार, १५ माघ २०७९, २२ : ५१
आइतबार, १५ माघ २०७९

अफगानिस्तान । अफगानिस्तानको पाक्तिका प्रान्तका भूकम्पबाट प्रभावित भएका नागरिक लामो समयदेखि कष्टकर जीवन बिताइरहेका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  युद्धग्रस्त अफगानिस्तानमा जाडोका कारण गुफामा बस्न बाध्य भएका र अत्यधिक चिसोका कारण कैयौँ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । 

पाक्तिका प्रान्तको ग्यान, बर्मल र जिरुक जिल्लाका धेरै बासिन्दा चिसो मौसमबाट बच्न गुफामा बस्दै आएका हुन् ।  प्रान्तीय अधिकारीहरूले उपलब्ध गराएको जानकारीअनुसार यी जिल्लाहरूमा दुई महिनाभन्दा कम समयमा चिसोका कारण महिला र बालबालिकासहित ३५ जनाको मृत्यु भएको छ ।

अफगानिस्तानमा दाउराको अभाव र गम्भीर मानवीय सङ्कटका कारण सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।  आफ्नो परिवारसँग पालमा बस्ने केरामतुल्लाहले टोलोन्युजसँग भने, “वरपर बाक्लो हिउँ जमेको छ, र म आगो बाल्ने दाउरा खोज्ने प्रयास गरिरहेको छु ।”

सरकारी तथ्याङ्कअनुसार गत वर्ष पाक्तिका र खोस्त प्रान्तमा गएको भूकम्पले सात हजार आठ सयभन्दा बढी घरहरू पूर्ण रूपमा ध्वस्त भएका थिए । क्षति भएका घरहरूमध्ये करिब छ हजार घर गायान जिल्लाका रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप