शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

तिनउमा डुबेर एक युवाको मृत्यु

सोमबार, १६ माघ २०७९, ०८ : ३८
सोमबार, १६ माघ २०७९

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका वाड नम्बर - ३ भुतखोलामा घुम्न गएका एक युवाको डुबेर मृत्यु भएको छ । तिनाउको पर्यटकीय स्थल भुत खोलामा फोटो खिच्ने क्रममा पोखरीमा डुबेर  पश्चिम नवलपरासीका २४ वर्षीय अजिम पठानको ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका  अनसार पठान र रुपन्देहीको सिद्धार्थनगर - ४ का २२ वर्षीय साथी दिपक कुमार बानियासँगै घुम्न गएका थिए । भुतखोलाको पोखरीमा फोटो खिच्न जाने क्रममा अचानक ढुङ्गाबाट चिप्लिन जाँदा पोखरीमा डुबेपछि प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरी चौकी दोभानबाट प्रहरी टोली खटिई गई उद्धार गरी उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको  हो ।  उक्त घटना सम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको पाल्पा जिल्लाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले  बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप